बस र लोडर ठोक्किदाँ १७ जनाको मृत्यू, कैयौं घाईते
ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।

२०७८ जेठ २६ बुधबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले दुई(दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाका प्रति परिवारलाई दुई(दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…