भोली र पर्सी नेपाल बन्दको घोषणा, होला त बन्द ?
उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वानगरेको हो ।

२०७४ फागुन २४ बिहीबार, दिउँसो ४:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
धनुषा, २४ फागुन । गत ८ गते नेपाल बन्द भएको केहि समय नपुग्दै पुनः २ दिन नेपाल बन्दको घोषणा गरिएको छ ।
पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हो ।
उक्त समूहले ४ बुँदे माग राख्दै फागुन २५ र २६ गते बन्दको आह्वानगरेको हो ।
जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको छ ।
२५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला भनेर उक्त बन्दको प्रर्चामा लेखिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रविण घितालले बन्दको प्रभाव धनुषामा शून्य रहने दाबी गरेका छन् ।
'राजमार्गमा हल्का प्रभाव देखिन सक्छ तर राजमार्ग भन्दा यता कुनै पनि प्रकारको त्यस्तो बन्दको प्रभाव हुँदैन, किनभने बन्दकर्ताको समूह उत्तातर्फ मात्र सक्रिय छ ।' डिएसपीले न्यूज ब्यूरोसँग भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…