कारवाही कसले गर्ने ?

प्रदेश २ः प्रहरी डिएसपी भाटको मधेशी उपर रँगभेदी सोँच र दादागिरीले ईलाकामा त्रास !

स्वास्थ्यकर्मीहरुलाई गालीगलोज र दौडाई, घिसार्दै कुटपिट गरेको बिरुद्धमा त्यहाँका स्थानीय राजनीतिकर्मीहरुले सर्वपक्षीय तथा सर्वदलीयको बैठक बोलाई डिएसपि भाटलाई विभागीय कार्वाही तथा सरुवाको माग

२०७८ जेठ २४ सोमबार
बिहान ०८:१६ बजे
राधेश्याम कुशवाहा

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक डिएसपीले आफ्नो इलाकामा त्रास मच्चाएको आरोप लगाइएको छ । 

सर्लाही जिल्लाको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम ईन्चार्ज डिएसपी उधव सिंह भाट ईलाकामा आएदेखि नै आफनो आक्रमक रवैयाका कारण विभिन्न विवादमा मुछिदै आएका छन ।

रंगभेदी चिन्तनबाट ग्रसित सोच भएका प्रमुखको काम गर्ने शैली एक रक्षक भन्दा भक्षक जस्तो देखा परेको छ । यस ईलाकामा आएदेखि नै जहाँ गयो त्यहीँ नै यस्तै अभद्र बोली, रुखो व्यवहार गर्दै आएको आरोप स्थानीयहरुको छ ।

स्थानीयहरुका अनुसार, महामारीमा चिकित्सक समेतलाई हथकडी लगाएर घिसार्दै लगेको घटना अझै नसेलाएको हो । स्थानीय जनप्रतिनीधिहरुलाई समेत अपमानित गर्ने, छाडा गाली गर्ने, तरकारी बेच्ने महिलालाई लात हान्ने जस्ता अमानवीय व्यवहारले स्थानीयहरु त्रसित बनेका छन् । 

एकातर्फ कोभिड १९ को महामारीले आक्रान्त परेका जनतालाई शान्ति सुरक्षा र सहानुभूति चाहिएको बखतमा नचाँहिदो उताउलो व्यवहार र आम नागरिकप्रति आक्रमक रवैयाका कारण स्थानियवासी आजित र आतंकित बनेका छन । 

केही दिन अघि मात्र निषेधाज्ञाको बहाना पारेर सर्वसाधारण, व्यापारी, बुद्विजिवी एवम स्वास्थ्यकर्मीहरुलाई गालीगलोज र दौडाई, घिसार्दै कुटपिट गरेको बिरुद्धमा त्यहाँका स्थानीय राजनीतिकर्मीहरुले सर्वपक्षीय तथा सर्वदलीयको बैठक बोलाई डिएसपि भाटलाई विभागीय कार्वाही तथा सरुवाको माग गरेको थियो । 

भाटको विरुद्धमा स्थानीय र सरोकारबालाले समेत एकमत जाहेर गर्दै सर्वसहमतिबाट निर्णय गराई प्रजिअ र जिप्रका मलंगवा लागयत सम्बन्धित निकायहरुलाई ध्यानकर्षण एवम ज्ञापनपत्र बुझाएका हुन । 

डिएसपि भाट स्थानीय स्तरमै मिल्न सक्ने स–साना प्रकरण वा घटनालाई स्थानीयलाई थुनेर त्रास देखाउने गरेको आरोप छ । “साना झगडामा पनि घुमुवा पठाएर मान्छे पक्रन लगाउँछन् । पक्रेर इलाका प्रहरीमा लगिन्छ र त्यहाँ पैसा दिएपछि मात्र छाडिने गरेपछि यहाँका नागरिकहरुमा त्रास फैलिएको छ । रकम असुल्ने अभिप्रायले गैर कानुनी तवरले तारिख दिने गरेको छ । तारेखमा काम छाडेर आउन नचाहने व्यक्तिले डिएसपीलाई केही पैसा बुझाएर तारिख हटाउने गरेको छ ।”– नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । 

गत जेठ ५ गते बुधवार साँझपख स्थानीय ब्यापारी सुरेन्द्र दास र उनको साथी विनोद यादव ( दिव्य ज्योति स्कुलको संचालक) बरहथवास्थित पुरानो बैंक चौकस्थित दुरव्यवहारको शिकार हुनुपरेको बताइएको छ । 

व्यापारी सुरेन्द्रबाट रकम असुल्ने अभिप्रायले उनलाई अपशब्द, गालीगलौज गर्दै पेटमा लातले हानेर बिना कारण नै ईलाका प्रहरी कार्यालय लगेर थुनिदिएको आरोप लगाइएको हो । 

“दक्षिणतर्फबाट मेन रोड सडक हुदै गस्तीमा आईरहेका डिएसपि भाट सहितको टोलीको गाडी हामी भएको ठाउँबाट केही अगाडी बढिसकेकोमा केही पर गई फर्केर, ए त सुरेन्द्र दास होस, तँलाई ठिक पार्नुपर्छ, गाडीमा हाल भनी विभिन्न अश्लिल,भद्दा गाली गलौज शब्दहरु प्रयोग गर्दै मेरो अगाडीको पेटमा लात्तीले हान्ने, घोक्राउदै मुन्टयाउदै गाडीमा हालेर प्रहरी कार्यलय लगे”– पीडित दासले गुनासो पोखे । 

डिएसपी जस्तो पदमा बसेर भाटले रँगभेदी चरित्र प्रदर्शन गरेको पनि आरोप लगाइएको छ । सर्लाहीमा मधेशी समुदाय उपर प्रयोग गर्ने शब्द, गर्ने गाली र अपमानजनक व्यवहार सहित लाती मुक्काले हान्ने गरेको पीडा पनि स्थानीयहरुले सुनाएका छन् ।

गत वर्षको असोज २२ गते सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ७ मा दुई राजनीतिक पार्टीबीच भएको झडपमा डिएसपी भाटले नै आगो सल्काएको आरोप छ। डिएसपी भाटले व्यक्तिगत फाईदाका लागि एक पक्षलाई उक्साएपछि झडप भएको र अप्रिय घटना पनि हुन पुगेको बताइएको छ । 

झगडा भएपछि हुने मुद्दा मामिलामा ईलाकामा बोलाएर कारवाही गर्ने डर त्रास देखाएर मोटो रकम असुल्ने दाउमा रहेका डिएसपी भाटले आगो सल्काएपनि अन्ततः उनले नै सम्हाल्न सकेका थिएनन् । 

गत साल कार्तिक २ गते समेत बसबरिया गाउँपालिका वडा नम्बर ५ धनगढा निवासी सुनिल कुमार यादव र स्थानिय सरोज यादव को बिचमा मोबाईल सम्बन्धि सामान्य विवाद हुँदा एक पक्षलाई निर्घात कुटेका थिए । 

छलफलको लागि ईलाका प्रहरी कार्यलय हिरापुरका ईन्चार्ज दिपेन्द्र कुमार मल्लको रोहरवरमा भएको मिलापत्र सम्बन्धि कार्वाही पक्ष विपक्ष तथा जनप्रतिनिधिहरुको सहिछाप समेत भईसके पश्चात एकाएक डिएसपी भाट प्रवेश गरी विवादित व्यक्ति मध्ये सुनिल कुमार यादव लगायत झगडियाहरुलाई कार्यलय प्रांगण भित्र रहेको घरको कोठामा सोधपुछका लागि भनी भित्र लगेर एक्कासी निर्ममता पूर्वक प्लास्टिकको कालो पाईप, बुट र फाईटले समेत प्रहार गरी शरिरका विभिन्न ठाउँमा निलडाम तथा घाउ हुने गरी साथै बुटले निलखुटामा हानी मरनासन्न हुने कुटपिट गरेको थियो ।

त्यस्तै, गएको माघ १६ गते समेत बरहथवा नगरपालिका स्थित चक्रजनता माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमा नियमित पठनपाठन, शिक्षकको चरम अभाव, समयमा पाठयपुस्त वितरण नभएको लगायत विभिन्न माग राखी विद्यार्थीहरु नगरपालिकामा आएर धर्ना दिदा डिएसीकै नेतुत्वमा विद्यार्थीहरुमाथि व्यापक बल प्रयोग गरिएको विद्यार्थीहरु आरोप लगाउदै आएको छ ।

स्रोतका अनुसार डिएसपी भाटलाई सम्बन्धित निकायबाट लिखित स्पष्टीकरण सोधिए पनि उनले आफ्नो बचाउका लागी अवैधानिक संघसंस्थालाई हार गुहार गर्दै आफ्नो पक्षमा समाचार सम्प्रेसन गर्ने गराउने र बलात ब्यतिहरुको समुहबाट जिप्रकामा ज्ञापान पत्र बुझाउन लगाउने जस्ता क्रियाकलाप गर्दै आएको छ ।

आईतबार मात्र डिएसपी भाटको बारेमा समाचार प्रकाशित भएपछि उनले आफ्ना नजिकी प्रहरीलाई लगाएर सँचारकर्मीलाई समाचार हटाउन आग्रह गर्दै लोभलालच दिएको स्पष्ट देखिएको छ । उनले इलाकामा आए सजता गरिदिने भनेर शब्दहरु प्रयोग गरेका छन् ।

यता, डिएसपी भाटले लगाइएको आरोपहरु निराधार रहेको दाबी गरेका छन् । उनले केही व्यापारीहरुले गलत र मिथ्या आरोप लगाएको दाबी गर्दै आरोप कपोकल्पित रहेको बताएका छन् । 

उनले केही जना प्रहरीको सक्रियता र कडाई देखेर त्रसित भएको खण्डमा आफू उपर निराधार आरोप लगाएको बताए । उनले आफूमाथि लगाएको आरोप कपोकल्पित मात्र भएको दाबी गरे । 

(अडियो रेकर्ड सुरक्षित छ ।)

  • 3%
  • 3%
  • 13%
  • 28%
  • 1%
  • 3%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७८ जेठ २४ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus