श्रीलंकामा भारी वर्षा चारको मृत्यु, सात जना हराए, सुरक्षित रहन सूचना

२०७८ जेठ २२ शनिबार
रति ८:४५ बजे
न्यूज ब्यूरो, डेस्क

सिन्हवा । श्रीलंकामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा पनि चार जनाको ज्यान गएको छ । साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी पनि चलिरहेको छ । 

श्रीलंकालको मौसम विभागले नागरिकहरुलाई सुरक्षित रहन सूचना जारी गरेको छ । वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ ।

शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ । 

श्रीलंकाका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएका छन् । शनिबार  बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन् । हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरुमा पनि ठूलो क्षति पुगेको छ । 

यहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरु लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।   

  • 2%
  • 2%
  • 2%
  • 2%
  • 90%
  • 2%

जनकपुर रेल्वेमा नोकरी, यसरी भर्नुहोस अनलाईन फारम (सबै तरिका सहित)

  • २०७८ जेठ २२ शनिबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले माग गरेको विभिन्न पदको लागि अनलाईन आवेदन समेत माग गरेको छ ।  प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा रहेको केन्द्रीय कार्यालयले माग

पूरा पढ्नुहोस्

Bureau Menus