मधेश कस्को ?

'उपेन्द्र यादव' विरुद्ध बोल्नेलाई मधेशबाट भगाउँछौं : युवा नेता यादव 

‘जो चोर उसैको ठूलो स्वर’ नेपाली उखान जस्तै मेल खाने राष्ट्रपति, प्रधानमन्त्री र एमालेले आफू गरेको दुस्कर्म बाहिर सार्वजनिक नहोस् भन्दै युवा संघ परिचालन गरेको दावी

२०७८ जेठ २१ शुक्रबार
रति ८:२० बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर र साँकेतिक प्रयोजन

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध गलत प्रचार गर्नेलाई नछाड्ने चेतावनी दिइएको छ । 

जसपा नेपालका सङ्घीय परिषद सदस्य नवीन यादवले ‘मधेसको हकअधिकार र पहचिानसहितको संघीयता पक्षधर यादवको विरुद्ध बोल्ने हैसियत कसैको नभएको भन्दै चेतावनी दिएका हुन् ।’ 

देश र मधेसका लागी घातक कोही छ भने त्यो नेकपा एमाले रहेको दावी गर्दै उनले भने, ‘मधेस, मधेसी जनता र मधेसी नेताको भलो नचाहने र एकसाथ बस्न नदिने षडयन्त्र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु निन्दनीय र खेदजनक भएको बताए ।’ 

मधेसी नेताहरु पनि सत्ता र भत्ताका लागी व्यक्तिगत स्वार्थमा लीन भएको इंगित गर्दै परिषद सदस्य यादवले प्रधानमन्त्री ओलीलाई सघाउने मधेसी नेताको भविष्य समाप्त हुने बताए । 

युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री विरुद्ध बोल्ने विरुद्ध देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएपछि परिषद सदस्य यादवले केन्द्र सरकारको राष्ट्रघाती निर्णय गर्नेविरुद्ध जसपा अध्यक्ष उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेशका मन्त्रीहरु आवाज उठाइरहेका छन्, सरकारको त्यस्ता निर्णयहरुको विरोध गर्ने अधिकार सबैको छ । यसविरुद्ध गलत प्रचार गर्नेलाई जसपाले नछाड्ने भन्दै यस्तो चेतावनी दिएका हुन् ।   

सरकारले गरेको कामको विरोध र समर्थन हुनु स्वभाविक भएको बताउँदै यादवले भने एमालेका भातृ संस्था युवा संघले सरकारको विरुद्ध बोल्नेलाई तह लाउने भन्दै चेतावनी दिनु नैतिकता गुमाउनु हो ।

 युवा संघलाई समयमै सतर्क हुन आग्रह गर्दै उनले युवा संघको यो कदमलाई ‘लाज नपचेको नकचरो’ को संज्ञा दिए । ‘जो चोर उसैको ठूलो स्वर’ नेपाली उखान जस्तै मेल खाने राष्ट्रपति, प्रधानमन्त्री र एमालेले आफू गरेको दुस्कर्म बाहिर सार्वजनिक नहोस् भन्दै युवा संघ परिचालन गरेको दावी गरे । 

सरकारको गतिविधि ढाकछोप गर्न अघि बढ्ने जो कोही विरुद्ध लाग्न आफूहरु पछि नहट्ने र आवश्यक परे त्यसको कमान्ड सम्हाल्न पनि आफू तयार रहेको बताए । 

युवा संघको प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा आबद्ध पदाधिकारी तथा युवा नेता कार्यकर्तालाई केन्द्र सरकारको विरोध गर्नेलाई प्रतिकार गर्न मैदानमा उत्रिन आह्वान गरेका छन् ।

 यसबेला झाले मधेस र मधेसीको आवाज दवाउन खोजे उनलाई धपाउन कुनै कसर बाँकी नराख्ने जनाए । झा पनि धनुषाबासी नै भएकाले कसैको बहकाउमा नपर्न र सरकारविरुद्ध बोल्नेलाई प्रतिकार गर्न निर्णय गरेर आफूले चर्चा बटुल्नबाहेक केही नभएको आरोप लगाए । 

सञ्चारकर्मीसँगको कुराकानीमा उनले जसपाका केही नेताहरु पदको लोभमा परेका छन्, रेशम चौधरीलाई रिहाइ गराउन सकेन भने सरकारको केही बिगार्न समेत नसक्ने र त्यसपछि जसपा पार्टी नै धरापमा पर्ने भएकाले मुद्दा सम्बोधन जसपाको माग हो । 

वर्तमान सरकार चुनावी सरकार भएकाले यस सरकारमा सहभागी नभई बाहिर बसेरै मुद्दा सम्बोधनलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । जसपाका केही नेताहरु मन्त्री बन्न हतार गर्नु, पार्टीको एजेन्डा बिर्सनु हो । 

जसपा अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा गएर धोका पाएको र चौतर्फी आलोचना समेत खेप्नुपरेको थियो । यसबाट जसपाका नेताहरु सत्ता, भत्ता की मुद्दा प्राथमिता रु भन्ने कुरा सिक्नुपर्ने थियो तर त्यस कुरालाई अस्वीकार गर्दै सत्ता नै प्राथमिकतामा राखे । जसपा पार्टीको सामुहिक भविष्य नचाहने नेता र पार्टीलाई हेर्ने दृष्टिकोण जनतामा भर पर्छ । 

जनताले चाहेको खण्डमा मधेसबाट जसपा धपाएर एमाले नै जिताउने खेल खेल्यो भने त्यसको कारक सत्ता प्राथमिकतामा राख्ने नेताहरु हुनेछन् । जसपाका नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव र उमाशंकर अरगरियाका कारण पार्टी धरापमा परेको तर्क गरे ।

 यी नेताहरु विगतमा पार्टीलाई झोलामा हालेर हिँडेजस्तै गर्यो त्यो कुरा हामी मान्दैनौं । पार्टी कसैको बपौटी सम्पत्ति होइन, सबैको सम्मान र अधिकार बराबर भएकाले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नमान्यलाई कसरी नेता स्वीकार्नू ? उनले भने–सरकार प्राथमिकतामा राखेका नेताहरु म्याद गुज्रेका औषधी हुन् । यसले पार्टीलाई क्षति पुर्याउनुबाहेक केही गर्न नसक्ने ठोकुवा गर्दै अरु पार्टीलाई फाइदा हुने गोटी अर्थात् ‘ट्याबलेट’ बनेकोप्रति दुःख व्यक्त गरे । 

  • 25%
  • 22%
  • 11%
  • 2%
  • 4%
  • 4%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७८ जेठ २१ शुक्रबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus