मधेशको गौरवः प्रदेश २ कै पहिलो व्यक्ति जसले सागरमाथा आरोहण गरे
खड्काले वीरगंज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा मङ्गलवार बिहान १० बजे फहराएका थिए ।

२०७८ जेठ २१ शुक्रबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थितको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गरेका छन् ।
सन् २००५ देखि ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका खड्काले भारतीय र नेपाली गरी करीब ३० जनाको समूहसँग जून १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल भएको टेलिफोनमार्फत जानकारी दिए ।
खड्काले वीरगंज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा मङ्गलवार बिहान १० बजे फहराएका थिए ।
यस वर्ष प्रतिकूल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिविरबाट फर्किएका खड्काले जानकारी दिए। यद्यपि दुई दिन मौसम अनुकूल हुँदा आफूहरू चुचुरोमा पुग्न सफल भएको उनले बताए ।
सगरमाथा आरोहणपश्चात् चुचुरोबाट नजीकै रहेको अन्तिम आधार शिविर आइपुगेका खड्काले सगरमाथा आरोहण गरेको वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई फोनमार्फत जानकारी गराएका थिए ।
खड्कालाई वीरगंज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख नगद सहयोग गरेका थिए । गत चैत २९ गतेदेखि सगरमाथा आरोहण आरम्भ गरेका खड्का ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् ।
सगरमाथा आरोहण पछि प्रदेश नं. २ कै पहिलो आरोही बन्ने छ्न । ठोरी गाउँपालिका लाई संसार माझ चिनाउन आफुले सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको उनले बताएका थिए ।
आफुले सगरमाथा आरोहण गरेपछि प्रदेश नं. २ कै महत्त्वपूर्ण पर्यटकीय स्थल ठोरीलाई बिश्वमाझ चिनारी गराएर ठोरीमै ब्यवसायिक पर्यटनको बिकासमा लागि पर्ने उनको योजना रहेको थियो ।
करीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…