वीरगँज काण्ड - बलात्कारीले सजाय पाउँछ : कानुनमन्त्री यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बलात्कारीले सजाय पाउने आश्वासन दिएका छन् । तराई मधेस राष्ट्रिय परिषद् (टिएमएनसी) को पहलमा गएको एक टोलीले मन्त्री यादवलाई बीरगँजमा भएको १० बर्षीय बालिका बलात्कारको घटनालाई जानकारी गराएपछि पीडित बलात

२०७४ फागुन २४ बिहीबार, बिहान ९:१४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, २४ फागुन ।
प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बलात्कारीले सजाय पाउने आश्वासन दिएका छन् ।
तराई मधेस राष्ट्रिय परिषद् (टिएमएनसी) को पहलमा गएको एक टोलीले मन्त्री यादवलाई बीरगँजमा भएको १० बर्षीय बालिका बलात्कारको घटनालाई जानकारी गराएपछि पीडित बलात्कृत बालिकाले न्याय पाउने आश्वासन दिएको जनाइएको छ ।
काठमाडौँमा उपचार्रथ पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं. ५ निचुटा गाउँको बलाकृत १० वर्षीय बालिकाको स्वास्थमा सुधार आएको छ ।
तराई मधेस राष्ट्रिय परिषद परिवारको आनन्द गुप्ताले निरन्तर हेरचाह गरि रहेका छन् ।
मन्त्रि यादव घटनाको भोली पल्ट नै उनी बिरगंज पुगेर अस्पतालमा भर्ना भएकी पिडित बालिकाको अवस्था बुझेको र छानबिनको लागि प्रशासनलाई कडा निर्देशन दिएको जनाइएको छ ।
धेरै जसो घटनामा पिडित माथि दवाब आउन गरेको कारण वा प्रशासनको ढिलासुस्तीको कारण पछि आरोपी फुत्किने गरेकोले यस घटनामा जसरी पनि बलात्कार आरोपीले सजाय पाउनु पर्ने परिषदको आग्रहमा मन्त्रि यादवले प्रदेश २ को जनताको सुरक्षा र सुशासन कायम गर्नु पहिलो प्राथिमिकता रहेको औंल्याए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…