यस्तो के ?

जनकपुरः घरमै थियो कैँयौ दिनदेखि सिरकले छोपिएको सडेको लास, छरछिमेक गन्हाएपछि...

प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, झाको घरमा कोही पनि बस्दै नआएको अवस्थामा मुख्यद्धार (मेनगेट) को ताला लागेको र बेडरुमको ताला फुटाएको अवस्थामा देखिएको हो ।

२०७८ जेठ १९ बुधबार
बेलुकी ७:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित कैयाँै दिनदेखि सिरकले छोपिएको अवस्थामा सडेको लास भेटाएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बसहिया रोडस्थित खाली घरमा सिरकले छोपिएको अवस्थामा सडेगलेको लास भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

त्यहाँस्थित स्थानीय बैजनाथ झाको खाली घरमा बेडरुम (सुत्नेकोठा) को ताला फुटाएको अवस्थामा भित्र लास फेला परेको हो । लास सिरकले छोपिएको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार, झाको घरमा कोही पनि बस्दै नआएको अवस्थामा मुख्यद्धार (मेनगेट) को ताला लागेको र बेडरुमको ताला फुटाएको अवस्थामा देखिएको हो । घरभित्र बेडमा मृत अवस्थामा एक पुरुष देखिएको हो । 

अन्दाजी बर्ष २५ को पुरुष सिरक ओढेको र लास सडिगली सकेको अवस्थामा देखिएको हो । कैयौँ दिनदेखि मृत भएको कारण गन्हाएपछि र झिँगा भन्केको देखेपछि छिमेकीहरुले प्रहरीलाई खवर गरेको थियो । 

प्रहरीका अनुसार, पक्की घर रहेको वैजनाथ झा प्रायः गाईघाट बस्दै आएको र जनकपुर आउँदा मात्र कहिलेकाँही सो घरमा बस्दै आएको बताइएको छ । प्रहरीले घटना शँकास्पद देखिएकोले सुक्ष्म अनुसन्धान थालिएको बताएका छन् । 

लासको प्रकृति हेर्दा लास सडेको र किराले खाएको अवस्थामा देखिएको हो । घटना के कसरी भएको बारे प्रहरी टोलीले तत्काले घटनास्थलको मुचुल्का उठाएर घटनास्थल सील गरिदिएको प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् । 
 

  • 1%
  • 0%
  • 0%
  • 3%
  • 90%
  • 4%

'अनिल झा' लाई हिम्मत भए हाम्रो गाउँपालिका आओस : मुखिया 

  • २०७८ जेठ १९ बुधबार

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट क्षेत्र नम्वर १ का संघिय साँसद अनिलकुमार झालाई एक गाउँपालिका अध्यक्षले खुल्ला चुनौति दिएका छन् ।    नेता झाले केही दिन अघि दिएको

पूरा पढ्नुहोस्

Bureau Menus