जानकी मन्दिरको वरिपरि १०० मिटर खाली गर्नैपर्छः युवा नेता यादव
मन्दिरको वरिपरी अतिक्रणहरु खाली गराउने अभियानमा लाग्ने बताउँदै उनले मन्दिर ट्रस्टीकरण नभएसम्म अभियान नरोकिने बताए ।

२०७८ जेठ १८ मंगलबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउनको लागि विभिन्न प्रयासहरु थालिएको छ ।
कैयौं वर्षदेखि सँघर्षरत जनकपुरवासीले जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउनको लागि विभिन्न अभियानहरु समेत गरेको थियो । बजेट भाषणको क्रममा सरकारको तर्फबाट जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउन प्रयास थालिने बताएको छ ।
सोही क्रममा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचिमा सूचिकृत गराउनको लागि युवा नेता नविन यादवले विभिन्न समयमा विभिन्न प्रयासहरु थालेको जनाउँदै अब मन्दिरको वरिपरि खाली गराउनुपर्ने बताएका छन् ।
विश्व सम्पदा सूचिमा सूचिकृत गराउनको लागि चाहिने मापदण्ड अनुसार मन्दिरको चारै तर्फ १०० मिटर खाली गराउनुपर्ने धारणा उनले राखेका छन् । मन्दिरको वरिपरिको जग्गा खाली गराई मन्दिरको मापदण्डलाई अझ बजबूत बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
उनले जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य सँघ लगायत अन्य सँघ सँस्थाहरुले विशेष र अथक प्रयासपछि सरकारले चासो लिएको बताउँदै अब मन्दिरको वरिपरी खाली गराउनुपर्ने बताए ।
मन्दिरको वरिपरी अतिक्रणहरु खाली गराउने अभियानमा लाग्ने बताउँदै उनले मन्दिर ट्रस्टीकरण नभएसम्म अभियान नरोकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…