चोर पुलिस

प्रदेश २ः पसलबाट रक्सी चोरी गर्ने असई सहित तीन प्रहरी नोकरीबाट निलम्बित 

भिडियो सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

२०७८ जेठ १७ सोमबार
दिउसो ३:५८ बजे
विजय कुमार महतो

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ मा रक्सी चोरी गरेको आरोपमा असई सहित तीन जना प्रहरीलाई नोकरीबाट निलम्बीत गरेको छ । 

प्रदेश नम्बर २ को जिल्ला प्रहरी कार्यालय सिरहा तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो । उनीहरुलाई रक्सी पसलबाट रक्सी चोरी गरेको आधारमा निलम्बन गरेको बताइएको छ । 

ड्युटीमा खटिएका प्रहरी कर्मचारीले मदिरा पसलबाट भोड्का लिएर गएको खुलेपछि सोमबारबाट लागू हुने गरी तीन जना प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

निलम्बनमा पर्नेमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार राय छन्।

कार्यालयले उनीहरूलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरेको हो।

असई ठाकुरसहितको टोली जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका(२३ गढिया चोकमा खटिएको थियो। निषेधाज्ञाको कार्यान्वयन गराउन खटिएको उक्त टोलीले आसपासका पसल बन्द गराएको थियो।

त्यसै क्रममा सोही स्थानमा रहेको पुजा मदिरा होटल (एस. के मदिरा) मा केही व्यक्तिहरू होहल्ला गरिरहेका थिए।  प्रहरीले होहल्ला गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो। त्यही बेला पसलका सञ्चालक भने फरार भएका थिए।

सञ्चालक भागेपछि पसलमा कोही नभएको मौका छोपेर असई ठाकुरलगायतले पसलबाट केही भोड्का रक्सी लिएर गएका थिए। प्रहरीहरूले रक्सी लिइरहेको भिडिओ सामाजिक सञ्जालमा सेयर भएको थियो।

भिडियो सेयर भएपछि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेको थियो। अहिले उनीहरूलाई निलम्बन गरेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

केही दिन सिरहामै एक प्रहरी असईले रातारात मदिरा भारत पठाउन लागेको आरोपमा स्थानीयहरुले हल्ला गरेका थिए । प्रहरी नै निषेधाज्ञामा उनीहरुलाई सघाएको आरोप लाग्दै आएको छ । 

  • 2%
  • 31%
  • 5%
  • 3%
  • 2%
  • 51%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ जेठ १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus