खुल्ला र बिषालु दारु खाएर ५१ जनाको मृत्यू, प्रहरी ईन्चार्ज निलम्बित
जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।

२०७८ जेठ १७ सोमबार, बिहान ८:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । निषेधाज्ञाको क्रममा बन्द रहेको रक्सी पसल खुल्दा रक्सी किनेर खाएकामध्ये ५१ जनाको दारु खाएरै मृत्यू भएको पुष्टि भएको छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको बिबिसी सँचारमाध्यमले जनाएको छ ।
गएको शुक्रवार अलिगढ जिल्लामा विषालु रक्सीका कारण केही व्यक्तिको ज्यान गएको थियो । त्यसयता ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो ।
सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ ।
जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…