५३ लाख ८० हजार रुपैयाँ सहित दुई युवक पक्राउ
साथै गुप्ताको डेरामा प्रहरीले रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइ छिपाई राखिएको २९ लाख ८० हजार थप फेला परेको बताइएको छ ।

२०७८ जेठ १४ शुक्रबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश २ को बारा जिल्लास्थितबाट प्रहरीले दुई युवकलाई ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ घर स्थायी बस्ने तथा हाल वीरगँज महानगरपालिका वडा नम्बर ८ बिपिसी क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र वर्ष १९ को प्रकाश जैसवाललाई पक्राउ गरिएको हो ।
अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई उनले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली २४ लाख रुपैयाँ फेला परेको थियो ।
साथै गुप्ताको डेरामा प्रहरीले रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइ छिपाई राखिएको २९ लाख ८० हजार थप फेला परेको बताइएको छ ।
कुल गरी ५३ लाख ८० हजार रुपैयाँ बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…