हत्या की आत्महत्या ? एकैसाथ झुण्डिए दुई दीदीबहिनी, दुवैको मृत्यू !
न्यूज ब्यूरो जनकपुरधाम, २३ फागुन । धनुषामा दुई दिदीबहिनी एकैसाथ आफ्नै घरमा झुण्डिएर मृत्यू भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १४ रजौल बस्ने नरेन्द्र चौधरीको दुई छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो । आज दिउँसो करिब २: ३० बजेको समयमा चौधरीकी दुई छोरी बर्ष १६ की अन्जली चौधरी र

२०७४ फागुन २३ बुधबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, २३ फागुन । धनुषामा दुई दिदीबहिनी एकैसाथ आफ्नै घरमा झुण्डिएर मृत्यू भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. १४ रजौल बस्ने नरेन्द्र चौधरीको दुई छोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
आज दिउँसो करिब २: ३० बजेको समयमा चौधरीकी दुई छोरी बर्ष १६ की अन्जली चौधरी र बर्ष १४ की चाँदनी चौधरी छुट्टा छुट्टै कोठाको सिलिँगमा झुण्डिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफन्तहरुले उपचारको लागि जानकी मेडिकल कलेजको सि.टि. अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको मृतको आफन्तलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निजका आफ्नतले दिएको जानकारी अनुसार जिप्रका धनुषाबाट खटिएको प्रहरीको टोलीले घटनास्थलको मुचुल्का र लास जाँच प्रकृति मुचुल्का गरी घटनाको विषयमा थप अनुसन्धान कार्य बढाएको तथा मृतक शवहरूलाई पोष्टमाटमका लागी जनकपुर अञ्चल अस्पतालको सव गृहमा राखिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…