युएईमा मधेशी एकता समाज गठन
त्यस्तै गरी सदश्यमा प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन्। यो संस्था नेपालमा पनि दर्ता हुनेछ ।
२०७८ जेठ १० सोमबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, दुबई । दुबईमा रहेका मधेशी मूल का आप्रवासी नेपाली नागरिकहरुद्वारा “मधेशी एकता समाज” नामक संस्थाको गठन गरिएको छ ।
मधेशी हकअधिकारका साथै मधेसको कला, साहित्य, तथा संस्कृति प्रति समर्पित संगठनको पहिलो सभा दुवईमा सम्पन्न भएको हो, र यो संस्था अन्तरास्ट्रिय स्तरमा अन्य विभिन्न देशहरुमा निर्माण हुनेछ।
भेलाले मुकेश झाको अध्यक्षतामा १५ सदश्यि केन्द्रिय कर्यसमिती सर्वसहमतिबाट चयन गरिएको हो। समितिका उपाध्यक्षमा लाल बाबु सिंह, कृष्णा ठाकुर, धर्मेन्द्र गोहियार, राम पुकार राउत, आयाज अन्सारी, महासाचिबमा मो. शहनबाज हुसैन, कोषाध्यक्षमा अनिलकुमार साह, सचिवमा (अमित साह, रोसन देब, मुकेश यादव, राधे यादव, राम साह, दिपेन्द्र पाजियार, मनोज यादव विशेष सचिवमा आई।टी। संयोजक (ललित राय, सामाजिक संजाल संयोजक (हरिदेब शर्मा, सांस्कृतिक संयोजकमा पप्पु यदाव, युवा संयोजकमा मुकेश जयसवाल, प्रवक्तामा (सन्तोष कुमार ठाकुर चयन हुनुभएको हुन।
त्यस्तै गरी सदश्यमा प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन्। यो संस्था नेपालमा पनि दर्ता हुनेछ ।
यो संस्थामा मधेसमा बोलिने सबै भाषा, धर्म र जाति लाई समान स्थान दिइने छ, सबै राजनीति विचारधारा संग सम दुरी कायम गरेर सहकार्य गर्नेछ, मुलभूत रुपमा यो संस्था कुनै पनि पार्टी विसेषको बिचारधारा लाई समर्थन गर्ने वा बिरोध गर्ने बाटो अंगाल्ने छैन। यसको मूख्य उदेश्यहरु ( मधेशमा समाज उत्थानकालागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेसको हकअधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक अपादामा सहयोग, शिक्षाको प्रवर्धन, सिप विकाश, कृषि मा नविनिकरण मा सहयोग आदि कार्यक्रम गर्ने भनि सङ्गठनका बरिष्ठ सल्लाहकार डा.राबिन्द्र कुमार यादवले जानकारी गराएका छ्न।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सँतोष कुमार ठाकुर
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…