लहानमा डकैती आरोपमा तीन जना हतियार सहित पक्राउ 

पेस्तोल र गोली बरामद गरी करण पुर्वे, संजय कुमार महतो र धर्मेन्द्र महतोलाई थुनामा राखी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 

२०७८ जेठ ९ आइतबार
बेलुकी ६:४३ बजे
विजय कुमार महतो
फाईल तस्विर र साँकेतिक प्रयोजन

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानस्थित डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानले उनीहरुलाई पक्राउ गरेको हो । 

गत बैशाख २८ गते लहान नगरपालिका वडा नम्बर १ कृष्णटोलस्थित बिहान २ बजेको समयमा स्थानीय ईन्द्रदेव ठाकुरको घरमा डकैती गरेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । 

इलाका प्रहरी कार्यालय लहानका अनुसार शनिबार लहान नगरपालिका वडा नम्बर १ मटियर्वा लवटोली बस्ने महेन्द्र पुर्वेको छोरा वर्ष अन्दाजी बर्ष २५ को करण पुर्वे, सोही स्थान बस्ने वर्ष २२ को संजय कुमार महतो र वर्ष २४ को धर्मेन्द्र महतोलाई पक्राउ गरिएको हो । 

यद्यपी, इलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालका अनुसार उनीहरु चोरी कार्यमा सँलग्न थिए । उनीहरुले चोरी गरेको आरोपमा पक्राउ गरिएको छ भने घरधनीले उनीहरुले डकैती गरेको भन्दै प्रहरी गुहारेका थिए । 

डिएसपी दाहालको कमाण्डमा गएको प्रहरी टोलीले उनीहरुको घरमा खानतलासी गर्ने क्रममा शनिबार राती करिब ९ः२० बजेको समयमा करण पुर्वेको घरमा उनले सुत्ने कोठाको छाना मुनि भएको माटोको खपडामा लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल र एक थान गोली समेत बरामद गरिएको जनाइएको छ । 

पेस्तोल र गोली बरामद गरी करण पुर्वे, संजय कुमार महतो र धर्मेन्द्र महतोलाई धुनामा राखी घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ । 

उनीहरुले गत बैशाख २८ गते ठाकुरको पक्कि घरको पछाडि पट्टिको छतबाट बासँको भन्याङ प्रयोग गरी छतमा चढि छतको ढोका खुल्ला रहेको अवस्थामा छतबाट भित्र प्रवेश गरी तल्लो तलामा रहेको ४ वटा कोठा मध्धे ३ वटा कोठाको चुकुल बाहिरबाट लगाई दराज भएको कोठा भित्र प्रवेश गरी उक्त कोठा भित्र रहेको दराज फुटाई दराज भित्र रहेको नगद ६ लाख रुपैयाँ र २ तोला सुन र अन्दाजी २० तोला चाँदीको गहना समेत चोरी गरी लगेको उल्लेख छ । 

  • 41%
  • 6%
  • 2%
  • 2%
  • 2%
  • 2%

राष्ट्रिय वाणिज्य बैंक लहानको चरम लापरवाही, प्रशासनको आदेशलाई धज्जिया 

  • २०७८ जेठ ९ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहानस्थित राष्ट्रिय वाणिज्य बैंक लहान शाखामा बिना कुनै सावधानी र सुरक्षा मापदण्डको अधिक भीड लगाएर कार्य सँचालन गरिएको देखिएको छ ।  कोरोनाको महामारीले आम नागरिकमा

पूरा पढ्नुहोस्

Bureau Menus