महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु
करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए ।
२०७८ जेठ ७ शुक्रबार, राति ८:४० बजे१ मिनेट पढाइ

भारत । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी ९नक्सलवादी० विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताए ।
करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए ।
प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उहाँले बताउनुभयो । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।
भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाब रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…