महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु

२०७८ जेठ ७ शुक्रबार
रति ८:४० बजे
एएफपी

भारत । महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी ९नक्सलवादी० विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

झडप बिहान ५ः३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ । भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताए ।  

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए । 

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उहाँले बताउनुभयो । यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । 

भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाब रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७८ जेठ ७ शुक्रबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus