नेपाली काँग्रेसका क्षेत्रीय सदस्य यादवलाई पार्टीको झण्डा ओढाएर अन्त्येष्टि
नेता यादव क्षेत्र नं.१ सहित वडा नम्बर ५ का सक्रिय सदस्य थिए । यादव न्यूज ब्यूरोका कार्यकारी सम्पादक बिनय कुमार यादवको पिता थिए ।

२०७८ जेठ ४ मंगलबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका क्षेत्रिय सदस्य एवम् नेता श्रीकृष्ण यादवलाई पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य यादवको गत आईतबार साँझ उपचारको क्रममा मृत्यू भएको थियो । उनको सोमबार बिहान पार्टीको झण्डा ओढाएर सम्मान सहित अन्त्येष्टि गरिएको हो ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल, उपमेयर विद्या देवी भूजेल, वडा नम्बर ५ का वडाध्यक्ष ईन्द्र कुमार महतो लगायत नेपाली काँग्रेसका नेताहरु पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेता यादव क्षेत्र नं.१ सहित वडा नम्बर ५ का सक्रिय सदस्य थिए । यादव न्यूज ब्यूरोका कार्यकारी सम्पादक बिनय कुमार यादवको पिता थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…