जनकपुरको सँकटमोचन मन्दिरका पूजारीको मृत्यू
बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।

२०७८ बैशाख ३१ शुक्रबार, बिहान ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थितको धार्मिक आस्थामा चर्चित सँकटमोचन मन्दिरका पूजारी (महन्त) को विहिबार मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित बाह्रविघाको पश्चिमपट्टि रहेको संकटमोचन मन्दिरका पूजारी ५२ वर्षीय महेश दास बैष्णवको बिहीबार साँझ उच्च रक्तचापका कारण मस्तिष्कमा सिभिडी भएपछि मृत्यू भएको हो ।
बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको समयमा उनी बोल्न सक्ने अवस्थामा समेत थिएनन् ।
उनको बल्डप्रेसर लेभल १६०–११० देखिएपछि साँझ ६ बजे आईसीयूमा राखेर उपचार जारी राखेपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
बल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा साँझ मृत्यू भएको अस्पतालले जनाएको छ । उनी विगत लामो समयदेखि संकटमोचन मन्दिरको पूजारी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…