कोरोनाबाट मृत्यू भएकाहरुको कफनको कपडा चोरेर बजारमा बिक्री गर्ने व्यापारीहरु पक्राउ 

पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले ५२० मुर्दाको चादर, १२७ कुर्ता, १४० थान सेतो कमिज सहित महिलाहरुको कपडा समेत बरामद गरेको हो ।

२०७८ बैशाख २७ सोमबार
बिहान ०९:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । कोरोनाको दोस्रो लहरको प्रकोपमा कफन माफियाहरुको कर्तुतले मानवता लज्जास्पद भएको घटना बाहिर आएको छ । 

छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको बागपातको जनपदस्थित मानवीय सँवेदनालाई शर्मसार गर्ने घटना बाहिरिएको छ । केही रुपैयाँको लागि कोरोना सँक्रमित मृतकहरुको कफनको कपडा चोरेर बजारमा बेच्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

कोरोना सँक्रमणबाट मृत्यू भएका मृतकहरुको कफनको कपडा चोरेर त्यसमा ब्राण्डेट ट्याग लगाएर पुनः बेच्ने व्यापारीहरुको एक गिरोहलाई उत्तर प्रदेश प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यसले बेच्नेबाला मात्र नभएर सो कफन खरिद गर्नेसम्म कोरोनाको लामो चेन बनाएको ठहर प्रहरीको हो । 

प्रहरीका अनुसार, समशानघाट वा कब्रीस्तानबाट कोरोना सँक्रमित मुर्दाहरुको कफन तथा कपडा चोरी गरीरहेको थियो । मृत शवलाई उखेलेर यी व्यापारीहरु कफन सहित अन्य कपडाहरु चोरेर पुनः स्टीकर लगाएर बिक्री गर्दै आएका थिए । 

गिरोहको साथबाट प्रहरीले कब्रीस्तानमा चढाइने चादर सहित अन्य कपडाहरु र बिभिन्न ब्राण्डेट कम्पनीको स्टीकरहरु समेत बरामद गरेको हो । कोरोनाको दोस्रो लहरबाट जहाँ त्राहिमाम मच्चेको छ सोही ठाउँमा यस्ता केही व्यापारीहरुको कर्तुतले मानवता लज्जास्पद भएको छ । 

जनपदको बडौत कोतवाली प्रहरीले यस्ता ७ जना व्यापारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरु शमसान, कब्रस्तानसम्म पर्खाल नाघेर कपडा तथा कफन चोरी गर्दै आएका थिए । उनीहरु ब्राण्डेट कम्पनीको स्टीकर लगाएर सोही कफनलाई फेरी महँगो मूल्यमा बेच्दै आएका थिए भने सोही मार्फत कोरोना समेत फैलाइरहेका थिए ।

पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले ५२० मुर्दाको चादर, १२७ कुर्ता, १४० थान सेतो कमिज सहित महिलाहरुको कपडा समेत बरामद गरेको हो । यीनीहरु मरेको मान्छेको कफन र कपडा चोरी स्टीकर लगाएर बजारमा बेच्दै आएका थिए । भारतीय सँचारमाध्यमहरुमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ बैशाख २७ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus