बाघसँग युवकको आधा घण्टा लडाई, बाघलाई मारेर आफैं अस्पताल भर्ना !

मारिएको बाघलाई वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो भने घाईते इद्रीसको शरिरको विभिन्न भागमा बाघले लुछेर घाईते बनादिएका हुन् । 

२०७८ बैशाख २६ आइतबार
दिउसो ३:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बाँके । लुम्बनी प्रदेशको बर्दिया जिल्लास्थित एक युवक जँगली बाघसँग आधा घण्टा लडेर बाँचेका छन् । उनले बाघलाई भने मारिदिएका छन् । 

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १० पयाकपुर स्थित आज दिउँसो जँगली बाघ र स्थानीय एक युवकबीच आधा घण्टासम्म भएको लडाईमा युवकले बाघलाई बन्चरो हानेर मारिदिएका छन् भने आफै सख्त घाईते भएका छन् । 

स्थानीय ईन्द्रीस बेहना नामक युवकले आफ्नो मकै बारीमा मकै रेखदेख गर्न गएको बेला बाघले आक्रमण गरेका थिए । बाघले आक्रमण गरेपछि उनीसँगै रहेको बँचरोले हानेर बाघलाई मारेका हुन् । 

बाघ आक्रमण गरेपछि उनी भाग्न खोजेका थिए भने बाघले उनलाई झम्प्टेर मार्न खोज्दा आफ्नो ज्यान बचाउने प्रयासमा बाघलाई मारिएको बताइएको छ । बाघ भने कमै उमेरको देखिएको छ । 

बाघसँग करिब आधा घण्टा भएको घम्साघम्सीको क्रममा इद्रीस बेहना गम्भिर घाईते भएका छन् । उनलाई स्थानीय स्तरमा उपचारपछि थप उपचारको लागि नेपालगँज रिफर गरिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए । 

मारिएको बाघलाई वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो भने घाईते इद्रीसको शरिरको विभिन्न भागमा बाघले लुछेर घाईते बनादिएका हुन् । 

  • 2%
  • 3%
  • 6%
  • 6%
  • 6%
  • 5%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७८ बैशाख २६ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus

} }