जलेश्वर अस्पतालका मेसु साह अस्पताल छाडेर प्राइभेट क्लिनीकमा व्यस्त, अस्पताल सुनसान
इमरजेन्सी वार्डमा न विरामी न त अस्पतालको एउटा नै कर्मचारी नै देखिएनन् । आफ्नो डयुटी छाडेर कर्मचारीहरु बाहिर जाने गरेका छन् ।

२०७८ बैशाख २३ बिहीबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सतिश कुमार साहले अस्पताल छाडेर प्राईभेट क्लिनीकमा बढी समय दिन थालेपछि जलेश्वर अस्पताल सुनसानझैं भएको छ ।
जिल्ला अस्पताल जलेश्वरका मेसु साहले अस्पतालमा दिनुपर्ने समयमा पनि प्राईभेट क्लिनीकमा समय दिनथालेपछि गाउँस्तरबाट अस्पताल आउने गरेका विरामीहरु त्यतिकै फर्कन बाध्य भएका छन् ।
गएराती ९ बजेको समयमा जिल्ला अस्पताल जलेश्वरमा इमरजेन्सी वार्ड पुरै सुनसान रहेको देखियो । इमरजेन्सी वार्डमा न विरामी न त अस्पतालको एउटा नै कर्मचारी नै देखिएनन् । आफ्नो डयुटी छाडेर कर्मचारीहरु बाहिर जाने गरेका छन् ।
कोभिड महामारी चलिरहँदा अस्पतालका कर्मचारीहरु समेत लापरवाही देखाएको कारण आम सर्वसाधारणहरु छटपटाउन बाध्य भएका छन् । प्राइभेट हस्पिटलमा उपचारको हैसियत नभएका नागरिकहरुको सहाराको रुपमा रहेको जिल्ला अस्पताल जलेश्वरका मेसु स्वयँम नै प्राइभेट तर्फ बढी केन्द्रीत भएपनि नागरिक मारमा परेका छन् ।

जिल्ला अस्पताल जलेश्वरको इमरजेन्सी डेस्कको बुधबार राती ९ बजेको तस्विर
सो अस्पतालमा कोभिड अस्पताल सँचालन गर्ने सबै प्रक्रिया भएपनि मेसु साहको लापरवाही र समय नदिएका कारण अझै अस्पताल सँचालन हुन नसकेको स्थानीयहरुको आरोप छ । डा. साहले अस्पताल छाडेर प्राइभेट क्लिनीकमा व्यस्त भएपछि अस्पतालको हाल नै बेहाल भएको अवस्था छ ।
यस सन्दर्भमा अस्पतालका मेसु डा. सतिष कुमार साहको फोन नम्बर ९८४५१७९९६८ मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् । उनीसँग प्रतिक्रिया लिन खोज्दा मोबाईलमा सम्पर्क हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…