यातायात कार्यालय लहानमा १० देखि २५ हजारसम्म रुपैयाँ लिएर खुल्लेयाम बिक्री हुँदै 'लाईसेन्स'
यातायात कार्यालय लहानको बेतिथि र सेटिँगमा कार्यालयभित्रैका केही कर्मचारीहरु बिचौलियाको काम गर्दै आएका छन् ।

२०७८ बैशाख २० सोमबार, बिहान ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । यातायात व्यवस्था कार्यालय लहानमा मोटो रकम लिएर अवैद्यानिक रुपले लाईसेन्स बनाइदिने गरेको खुलेको छ ।
यातायात कार्यालय लहानका केही कर्मचारीहरुको मिलोमत्तोमा विभिन्न समयमा ट्रायल दिने सवारी चालकहरु फेल भएपनि उनीहरुलाई १० देखि २५ हजार रुपैयाँसम्म लिएर पास गरी लाईसेन्स विक्री वितरण गरेको खुलेको छ ।
मोटरसाइकल, कार जिप, लगायतका लाइसेन्स खुल्ला रूपमा बिक्री भइरहेको सेवाग्राहीहरु नै गुनासो गरेका छन् । ट्रायल स्थलमा सिसिटिभी क्यामेरा जडान गरी ट्रायल लिनुपर्नेमा सो नगरी आफुखुसी फेल भएकाहरुबाट मोटो रकम लिएर लाईसेन्स दिने गरेका छन् ।
कोभिड १९ महामारीको बेलामा पनि सबै प्रोटोकललाई मिच्दै धमाधम ट्रायल लिने र लाइसेन्स खुल्ला रूपमा विक्री जस्तै हुँदै आएको आरोप सेवाग्राही तथा स्थानीयको छ ।
प्रदेशका भौतिक यातायात मन्त्री जितेन्द्र सोनेल र कार्यालय प्रमुख मीन भट्टराईको मिलोमतोमा लाइसेन्स बिक्री वितरण भैरहेको स्थानिय सेवाग्राही अरुण कुमार कामतीले दावी गरे।
कार्यालय प्रमुख उपसचिव दरबन्दी रहेको ठाउँमा करिब ५ वर्षदेखि शाखा अधिकृतले नेतृत्व गरिरहेका छन्। कार्यालय प्रमुख कार्यालय नआई चलाइरहेको छन् भने सेवाग्राहीको काम बिना घुस नहुने गरेको कामतीले बताए ।
कार्यालय प्रमुख नहुँदा नायब सुब्बा बिजय दाहालले कार्यालय चलाउने गरेका छन्। दाहाल पनि करिब ७ वर्षदेखि लहान यातायातमा रकम असुल्ने धन्दामा लागेका छन् । माथिल्लो निकायसम्म सेटिँग मिलाउने तथा सेवाग्राहीबाट १० देखि २५ हजारसम्म उठाउने बिजय दाहाल प्रमुख बिचौलियाको रुपमा सघाउँछन् ।
ट्रायल सेन्टरमा ट्राफिक नियम अनुसार सिसी क्यामरा जडान हुनुपर्नेमा सिसीटिभी क्यामेरा जडान नगरी ट्रायल लिने काम हुँदै आएको छ। सामान्यतया ३ सय जना सहभागी हुँदा ५ देखि १० जनाले लाइसेन्स पास गरे पनि अन्य २५० जनालाई पैसा लिएर लाइसेन्स दिने गरेको स्वयं कर्मचारीहरु टिप्पणी गर्छन् ।
सोही कार्यालयमा कार्यरत इन्जिनियर नितेश्वर राय यादवले सहमति विपरीत चेकजाँच पास नगरी प्रति गाडीको १५ हजार देखि २० हजार लिने गरेको तथा कार जिपको पनि अञ्चलिकरण नियम विपरीत २५ हजार लिएर काम गरिरहेका छन् ।
लहान यातायात कार्यालयमा ट्रायलमा फेल भएपछि लाईसेन्स दिनको लागि दर रेट नै तोकिएको पनि बताइन्छ । चार चक्के सवारीको ट्राइलमा जम्मा लगभग २५० परिक्षर्थि ट्राइल दिन्छ्न तर, त्यो २५० परिक्षार्थीमध्ये बढीमा ३० जना ट्राइल सेन्टरमा पास गर्ने गरेपनि नतिजा आउँदा २०० बढी हुन्छन् ।
शनिबार बैशाख १८ गते यातायात कार्यालय ट्रायल स्थलमा ट्रायलमा सहभागीमध्ये कुल १८ जना मात्र पास गरेका छन् । एक सेवाग्राहीका अनुसार, अन्तिम लिस्ट आउँदा १८ जना मात्र नभई दर रेट र रकम लिएको आधारमा परिणाम आउने बताए ।
यातायातका हाकिम मिन भट्टराई र बिजय दाहालको सेटिँगमा प्रदेशका मन्त्रीसम्म समेत कमिनशन जाने गरेको बुझिएको छ । यातायात कार्यालय लहानको बेतिथि र सेटिँगमा कार्यालयभित्रैका केही कर्मचारीहरु बिचौलियाको काम गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…