श्रमिक दिवसमा मजदुरको हालात

काम गरेर भरपेट खाना माग्दा ठेकेदार 'यादव' ले जँजीरमा बाँधेर कुटपिट गरेपछि 'सदा' को मृत्यू !

‘बुधुका परिवारले कुटपिट गरी हत्या गरेको भन्नुभएको छ’ उनले भने–‘कुटपिटबाटै मृत्यु भएको हो कि होइन भन्ने विषय अनुसन्धानमै छ ।’ मृतक सदाका चार छोराछोरी छन् ।

२०७८ बैशाख १८ शनिबार
रति ८:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सप्तरी । प्रदेश नम्बर २ को सप्तरी जिल्लास्थित एक मजदुरको कुटपिटबाटै मृत्यू भएको उनको परिवारजनले आरोप लगाएका छन् । 

अन्तराष्ट्रिय श्रमिक दिवसकै अवसरमा विभिन्न ठाउँबाट शुभकामना आदान प्रदान भइरहँदा एक श्रमिकको परिवारले उनको लासको पोष्टमार्टमको लागि डाक्रटलाई गुहारिरहेको हृदयविदार दृश्यले जोकोहीलाई पनि स्तब्ध बनायो । 

‘काम गरेपछि भरपेट खाना माग्दा ठेकेदारले निर्घात कुटपिट गरेपछि पतिको मृत्यु भयो, हामीलाई न्याय दिलाउनकै लागि भए पनि शवको निष्पक्ष पोष्टमार्टम गरिदिनुस् हजुर’ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राजगढ गाउँपालिका–५ मलेकपुरकी ४० वर्षीया प्रर्मिलादेवी सदाले यसरी नै पिडा पोख्दै थिइन् ।

 तर, अस्पतालमा उपलब्ध स्रोत–साधनबाट मात्रै पोष्टमार्टम गर्दा धेरै कुरा थाहा हुन नसक्ने भन्दै अस्पताल प्रशासनले दिएको जवाफले उनी थप अन्यौलतामा परिन् । र, पोष्टमार्टम गराउन वैकल्पिक उपायकालागि चौतर्फी गुहार्न थालिन् ।

प्रर्मिलादेवीका अनुसार गत ९ गते वैशाखमा गाउँकै ठेकेदार रमेश यादवले ४५ वर्षीय बुुधुलाई भारतको जमुनानगरस्थित प्लाइउड कम्पनीमा मजदुरी गर्न लगेका थिए ।

‘गत विहिवार (वैशाख १६ गते) मोवाइलमा फोन गरेर रमेशले नैर बोर्डरमा हामीलाई बोलायो, म पनि छोरासहित पुगे’ प्रर्मिलादेवीले भनिन्–‘त्यही बेला मेरो पति वेहोस अवस्थामा जमुनानगरबाट ल्याइएको थियो र रमेशले बुधु विरामी छ घर लिएर जानु भन्दै त्यहीबाट फेरी भारत नै फर्किए ।’

पतिलाई घर लिएर आएपछि खाना खान माग्दा कुटपिट गरी यस्तो अवस्थामा पुर्याएको पतिले नै बताएको प्रर्मिलादेवी बताइन् । ‘गत मंगलबार (१४ वैशाख गते) मा खाना खाने विषयमा झगडा भएपछि ठेकेदार रमेश यादवसहित चारजनाले पतिलाई फलामको साङ्लो (जंजिर) ले बाँधेर कुटपिट गरेका थिए’ उनले भनिन्–‘कुटपिटबाट घाइते भएर विरामी परेपछि पतिलाई घर फर्काइयो ।’

घाइते बुधुलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरेकोमा उपचारकै क्रममा हिजो  (वैशाख १७ गते) राति मृत्यु भएको हो । सो बारे प्रहरीमा पनि उजुरी दिएको पिडित प्रर्मिलादेवी बताइन् ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘बुधुका परिवारले कुटपिट गरी हत्या गरेको भन्नुभएको छ’ उनले भने–‘कुटपिटबाटै मृत्यु भएको हो कि होइन भन्ने विषय अनुसन्धानमै छ ।’ मृतक सदाका चार छोराछोरी छन् ।

दिनभरको प्रयासपछि शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । संयुक्त दलित संर्घष समिति सप्तरीको पहलमा शव पोष्टमार्टमको लागि धरान पठाइएको समितीका सचिव शिवकुमार रामले जानकारी दिए ।


यो समाचार पत्रकार सौरभ यादवले मधेशलाईभमा समाचार लेखेका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 62%
  • 24%

प्रदेश २ को विभिन्न जिल्लाबाट ७०० अक्सिजन सिडिलण्डर प्रहरीले गरे बरामद 

  • २०७८ बैशाख १८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट प्रहरीले ७०० अक्सिजन सिलिण्डर बरामद गरेको छ ।  विश्वका विभिन्न मुलुकहरुमा नयाँ भेरियन्टको कोरोना भाईरसको दोस्रो चरणको संक्रमणको कारण विश्व लगायत

पूरा पढ्नुहोस्

Bureau Menus