साउदीमा पनि नेपालीहरुले मनाए होली
बिनय यादव, १९ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहनुभएका नेपालीहरुले पनि भव्य तरिकाले हर्ष उल्लासका साथ होली पर्व मनाएका छन् । नेपालहरु द्वारा गठित संस्था मिथिला एकता समाजको आयोजनामा साउदी अरबको रियाद स्थित सुलई-१८ स्तारामा फाल्गुपुर्णिमाको अवस

२०७४ फागुन १९ शनिबार, दिउँसो ४:०७ बजे१ मिनेट पढाइ

बिनय यादव, १९ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेशामा संलग्न रही सात समुद्र पारी साउदी अरबमा बस्दै आइरहनुभएका नेपालीहरुले पनि भव्य तरिकाले हर्ष उल्लासका साथ होली पर्व मनाएका छन् ।
नेपालहरु द्वारा गठित संस्था मिथिला एकता समाजको आयोजनामा साउदी अरबको रियाद स्थित सुलई-१८ स्तारामा फाल्गुपुर्णिमाको अवसरमा होली मिलन समारोह तथा सांस्कृतिक साँझ एवम् शुभकामना संदेश आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

होली हिन्दुमात्रको पर्व यसले गिष्म ऋतुको शुरुवात भएको जनाउँछ भने असत्य माथि सत्यको बिजय पनि प्रतिनिधित्व गर्दछ । उक्त कार्यक्रममा विभिन्न प्रकारका रंगहरु, सबैले सेतो टिर्सट तथा संगित र मौसमले पनि साथ दिएको थियो । होली कार्यक्रमको अन्त्यमा एकै ठाउँमा खाजाको राम्रो प्रवन्ध गरिएको र भव्यताका साथ कार्यक्रम सु-सम्पन्न गरिएको उक्त संस्थामा आबद्ध अभियंता श्री बिष्णु यादवले जनाउनुभयो । यस प्रकारका कार्यक्रमले आपसी भाइचाराको राम्रो विकास हुने गरेको उक्त मिथिला एकता समाजका अध्यक्ष एवम् अभियंता श्री बिन्देश्वर यादवले थपे ।

नेपालबाट गएका नेपाली समुदायहरुले विदेशमा पनि आफ्नो धर्म, संस्कृतिलाई जर्गेना गर्न भव्यताका साथ होली पर्व मनाउन लागिएको उक्त संस्थामा आबद्ध सदस्य श्री बैजनाथ यादवले बताउनुभयो ।
कार्यक्रममा नेपाली राजदुतावासका पदाधिकारीहरु लगायत नेपालका विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा बस्दै आइरहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…