वीरगँजमा बिना कामको बाहिर निस्कनेलाई सडकमै रामधुलाई
निषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई भाठा हानेर प्रहरीले सचेत गराएको छ ।

२०७८ बैशाख १६ बिहीबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगँज सहित पर्सा जिल्लाभरि लगाइएको निषेधाज्ञामा पनि बाहिर निस्कनेहरुलाई प्रहरीले सडकमै रामधुलाई गरेको छ ।
पर्सा जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण बढेपछि बिहिवारदेखि जारी गरिएको निषेधाज्ञामा पनि बाहिर निस्कने सर्वसाधारणहरुलाई सडकमै समातेर रामधुलाई गरेको हो ।
बिहिवार बिहान ६ बजेदेखी २२ गते राति १२ बजेसम्म लागु हुने गरी जारी गरिएको निषेधाज्ञा उलंघन गर्नेहरुलाई प्रहरीले कारवाही गरीरहेको छ ।
प्रथम दिन दिउँसो ४ बजेसम्म निषेधाज्ञाको उलंघन गर्ने १ सय ५० भन्दा धेरै मोटरसाइकलर्ला नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।
‘१ सय ५० भन्दा धेरै बाइक, १ वटा बिहेको बस, ४ वटा ठेला र ३ वटा टेम्पु नियन्त्रणमा लिएका छौ’ प्रहरी प्रवक्ता खनालले बताए । यसका साथै बिना काम हिँडडुल गर्ने १ सय भन्दा धेरै पैदल यात्रुहरुलाई भाठा हानेर लखेट्ने काम पनि भइरहेको खनालको भनाई छ ।
निषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई भाठा हानेर प्रहरीले सचेत गराएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…