मिथिलाको महाकुम्भ 'अन्तरगृह' परिक्रमा गर्दै - हेर्नुहोस १० तस्विरमा
न्यूज ब्यूरो जनकपुरधाम, १८ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदैछ । माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा सम्पन्न गरी विधिवत रुपमा समापन हुनेछ । अन्तरगृह गरिक्रमाको लागि १५ दिने परिक्रमामा सहभागी श्रद्धालु भक्तजन यात्रुहरु विहिबार नै जनकपुर आएका थिए । गए

२०७४ फागुन १८ शुक्रबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १८ फागुन । मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदैछ ।
माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा सम्पन्न गरी विधिवत रुपमा समापन हुनेछ ।

अन्तरगृह गरिक्रमाको लागि १५ दिने परिक्रमामा सहभागी श्रद्धालु भक्तजन यात्रुहरु विहिबार नै जनकपुर आएका थिए ।
गएराती १२ बजेदेखि नै श्रद्धालुहरुले अन्तरगृह परिक्रमा गरी विहानसम्म पाँच कोषको यात्रा सकाएका हुन् ।

१५ दिनको परिक्रममा १४ दिन जति यात्रा गरेपनि अन्तिम दिन भने जनकपुरमा अन्तरगृह परिक्रमा नगरे परिक्रमाको मान्य नहुने परम्परा चलिआएको छ ।
यता, १५ दिनको परिक्रमामा सहभागी नभएपनि मात्र अन्तरगृह परिक्रमा गरेपनि यात्रा सफल हुने जनविश्वास चलिआएको छ ।

१५ दिने माध्यमिकी परिक्रमामा सहभागी नभएका हजारौँ श्रद्धालुहरु आज अन्तरगृह परिक्रमामा अनिवार्य रुपमा सहभागी जनाएपछि हजारौँ हजारको सँख्यामा परिक्रमाको धार्मिक लस्कर जनकपुर नगरको परिक्रमा गरिरहेको छ ।

दिउँसो १२ बजेसम्म परिक्रमाको धार्मिक लस्कर परिक्रमा गर्ने जनाइएको छ ।

धार्मिक लस्कर आज दिउँसो १२ बजेसम्म परिक्रमा सकाएपछि विधिवत रुपमा भोली १९ गते मिथिलाको होली मनाइने जनाइएको छ ।
गएराती होलीका दहन विभिन्न चोक चोराहामा गरिएको छ ।




#NewsBureau Nepal
#Trinetra News Network
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…