कुरा विश्वसम्पदाको

जानकी मन्दिरको पौराणिक जेबरात, गरगहना सार्वजनिक नगरे अनसन बस्छु : यादव

उनले बैशाखमहिनाभरिमा पौराणिक गरगहनाहरु जनकपुरवासीलाई सार्वजनिक नगरे त्यसको लागि आफू आमरण अनसन बस्ने बताए ।

२०७८ बैशाख ३ शुक्रबार
बिहान ०८:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरको पौराणिक गर गहना, जेबारात Janaki Temple's Jwellery मन्दिरबाटै गायब भएको भन्दै सार्वजनिक गर्न माग गरिएको छ । 

जानकी मन्दिर निर्माण हुँदा टिकमगढकी महारानीले जानकी मन्दिरमा दिएको अर्बौ, खर्बौको हिरा, जेबारात, सुनचाँदी मन्दिरमा नरहेको भन्दै सो सार्वजनिक गर्न जानकी मन्दिरका महन्थसँग माग गरिएको छ । 

जनता समाजवादी पार्टीका युवा नेता नविन यादवले जानकी मन्दिरको उत्तरपट्टिको मुख्यद्धारमा रहेको शेरको आँखाको हिरा समेत गायब भएको आरोप लगाउँदै सम्पूर्ण गर गहना सार्वजनिक गर्न माग गरेको हो ।

मन्दिर निर्माण भएपछि टिकमगढकी महारानी Tikamgadh वृषभानु कुमारी Brishbhanu Kumari ले चाँदीको मूर्ति स्थापना सहित अर्बौ रुपैयाँको गर गहना दिएपनि अहिले मन्दिर भित्रमा केही गर गहना मात्र राखिएको आरोप लगाएका छन् । उनले सो सार्वजनिक नगरे आमरण अनसनमा बस्ने बताएका छन् । 

“मन्दिरका महन्थले माता जानकी जीको अरिजनल, बेसकिमती, पौराणिक गर गहनाहरु बेचिसकेका छन् । नक्कली गर गहनाहरु त्यो पनि केही राखिएको छ । मन्दिरको महन्थले यसको हिसाब दिनुपर्छ ।”– नेता यादवले भने । 

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचिकृत गर्नको लागि पौराणिक वस्तुहरुको मान्यता हुने भएको जनाउँदै उनले पौराणिक गरगहना सार्वजनिक गर्न माग गरेका छन् । उनले बैशाखमहिनाभरिमा पौराणिक गरगहनाहरु जनकपुरवासीलाई सार्वजनिक नगरे त्यसको लागि आफू आमरण अनसन बस्ने बताए ।

न्यूज ब्यूरोसँगको कुराकानीमा नेता यादवले जानकी मन्दिरभित्रको विभिन्न पौराणिक वस्तुहरु, बेसकिमती चिजहरु Janaki Temple Jwellery हिनामिना भएको आरोप लगाए । उनले एक महिनाको अल्टिमेटम दिएको बताए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७८ बैशाख ३ शुक्रबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus