गजरियाको बगर खेतीमा अज्ञात समूहद्धारा तरकारी बाली नष्ट, किसान चिन्तामा
कृषक समुहमा आबद्ध मुसहर, तत्मा, खत्वे, कुर्मी, यादव लगायत आफ्नो भुमि नभएका किसान परिवारले त्यहाँ बगर खेती गरेका छन् ।

२०७७ चैत ३० सोमबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

विनोद महतो, धनुषा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ गजरियामा कृषक समूहले गरेको बगर खेतीमा अज्ञात समूहले क्षति पुगाएको छ ।
गजरियास्थित औरही नदीको किनारमा स्थानीय निकायसँगको सहयोगमा संचालित बगरखेती कार्यक्रम अन्तर्गत कृषक समूहले गरेको तरकाबाली खेतीमा अज्ञात समूहले क्षति गरेको छ ।
समूहका किसानहरुका अनुसार बगर खेतीमा लगाइएको लौका, काँक्रो, करेला, फर्सी, तरबुजको फल्दै गरेको बोटविरुवाहरु जरैदेखि उखालेर फालिदिएको छ ।
स्थानीय बजरंग बगर समूह र रामजानकी बगर समूहको किसानहरुले गरेको बगर खेतीमा शनिवार रातिको समयमा अज्ञात समूहले विरुवाहरु उखालेर टुक्रा टुक्रा पारिदिएको सहयोगी संस्थाका प्रमोद यादवले बताएका छन् ।
कृषक समुहमा आबद्ध मुसहर, तत्मा, खत्वे, कुर्मी, यादव लगायत आफ्नो भुमि नभएका किसान परिवारले त्यहाँ बगर खेती गरेका छन् ।
ठूलो सपना लिएर मेहनतका साथ गरिएको बगर खेतीमा फल लाग्ने र आम्दानी आउने बेलामै अज्ञात समूहले तरकारीबाली नष्ट गरिदिएपछि कृषक समूहका परिवारको चिन्तामा डुबेका यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…