सिरहामा गोली र धारिलो हतियार प्रहार गरी एक व्यावसायीको हत्या
सोही घटनामा मृतककी श्रीमति अनिता विश्वकर्मा भने घाईते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको देखिएको तथा उनको उपचार अहिले लहानको सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।

२०७७ चैत २९ आइतबार, बिहान ७:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित गएराती गोली र धारिलो हतियार प्रहार गरी एक व्यावसायीको हत्या गरिएको छ ।
सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. २३ स्थित सुनचाँदीको व्यावसाय गर्दै आएका एक व्यावसायीलाई गएराती गोली प्रहार गरिएको छ । उनीमाथि धारिलो हतियार समेत प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लहानको गड्डाचोक डेरा लिएर बस्दै आएका अन्दाजी बर्ष ४७ का प्रदीप कुमार विश्वकर्माको हत्या भएको हो । उनलाई लुटेरा समूहले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । “लुटेरा समूहको आक्रमणमा परी उनको ज्यान गएको छ । उनीमाथि गोली र धारिलो हतियार प्रहार भएको देखिएको छ । ”– सिरहाका एसपी सुदिपराज भण्डारीले भने ।
शनिबार राती करिब १२ देखि १ बजेको समयमा विश्वकर्मा डेरामा सुतीरहेको अवस्थामा लुटेरा समूहले विश्वकर्मा दम्पतिमाथि आक्रमण गरेको थियो । सोही क्रममा दुईतर्फा हातावाही भएको बेलामै विश्वकर्माको मृत्यू भएको बताइएको छ ।
सोही घटनामा मृतककी श्रीमति अनिता विश्वकर्मा भने घाईते भएकी छन् । उनको हातमा धारिलो हतियार प्रहार भएको देखिएको तथा उनको उपचार अहिले लहानको सप्तऋषि अस्पताल उपचार भइरहेको छ ।
गोली हानी हत्या गरिएका यूवकको सोही वडाका वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदीको पसल सँचालनमा थियो र गएराती श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको स्थानीयहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
व्यापारी, व्यावसायीहरुको छाता सँगठन जनकपुरधाम उद्योग बाणिज्य सँघको निर्वाचन प्रक्रिया अहिले पनि जारी रहेको छ । उम्मेदवारीहरुले व्यापारी, व्यावसायीको सुरक्षाको ग्यारेन्टी गर्ने भनेर दाबी गरी मत माग्न सिरहासम्म प्रचार गर्न पुगेका थिए । निर्वाचन सम्पन्न भएको राती नै एक व्यावसायीको हत्या भएको छ ।
लुटेरा समुहका २ जनालाई बिभिन्न हतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घटना स्थलबाट भाग्दै गर्दा राम कृष्ण चौधरी लाई पक्राउ गरिएको छ ,भने घटनामा संलगन संकास्पद सुरेश सहनीलाई समेत पक्राउ गरिएको जनाइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…