भूकम्पले लियो ३१ जनाको ज्यान
न्यूज ब्यूरो । जाकार्ता, १५ फागुन : पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रा

२०७४ फागुन १५ मंगलबार, दिउँसो १:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ।
जाकार्ता, १५ फागुन : पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ ।
सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।
भूकम्प शक्तिशाली रहेकोले ठूलो क्षति भएको अनुमान हिजो नै गरिएको थियो । सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुले जनाएका छन् ।
यस भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त भएको छैन । यस भूकम्पबाट ३१ भन्दा बढी व्यक्तिको मृत्यु भएको समाचार स्थानीय अधिकारीहरुले दिएका छन् ।
तर त्यसमा भौतिक सम्पत्तीमा भएको क्षतिको विस्तृत विवरण भने प्राप्त नभएको स्नाथीय समाचारपत्रले जानकारी दिएको छ ।
भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको बढीको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरुले यो भन्दा बढी मानिस मारिएको अनुमान गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…