साना किसान कृषि सहकारी संस्थाहरुको ब्याज महंगो भयोः मेयर पंजियार
कार्यक्रम खुल्ला मंच बाटै १ प्रतिशत ब्याज दर अझै घटाएको अब १३.७५ प्रतिशत ब्याज लाग्ने संस्थाका अध्यक्ष इन्द्रकुमार महतोले घोषणा गरिएको छ ।

२०७७ चैत २८ शनिबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजीयारले साना किसान सहकारी सँस्थाहरुको ब्याज महँगो भएको भन्दै यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ दिगम्बरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै मेयर पँजीयारले चर्को ब्याजदर भएकोले यसलाई सहज बनाउन आग्रह गरे ।
“साना किसान कृषि सहकारी संस्थाहरु जब किसानकै रहेछ भन्ने ब्याज बढी किन लिनु पर्यो । मेरो बुझाईमा ब्याज बढी न लिएर कम गर्न संचालक समिती संग मंचबाटै आग्रह गर्न चाहन्छु ।”– उनले भने ।
गत वर्षको ब्याज दर साना किसान कृषि सहकारी दिगम्बरपुरको व्याज दर १५.७५ प्रतिशत रहेकाले यस वर्ष १ प्रतिशत ब्याज दर घटाएर १४.७५ब्याज राखेको दिगम्बरपुरका संस्था प्रबन्धक चन्द्र किशोर सिंहले बताएका थिए ।
दिगम्बर संस्थाका संचालक समिती अध्यक्ष इन्द्रकुमार महतोले संस्थाको फाईदा भनेको शेयर सद्स्यहरुको फाईदा रहेको बताए। शेयर सद्स्यहरुमा संस्थाबाट हुने सुबिधाहरुको कुनै कसर बाँकी नराख्ने थपे ।
कार्यक्रम खुल्ला मंच बाटै १ प्रतिशत ब्याज दर अझै घटाएको अब १३.७५ प्रतिशत ब्याज लाग्ने संस्थाका अध्यक्ष इन्द्रकुमार महतोले घोषणा गरिएको छ ।
सो कार्यक्रमको अध्यक्षता इन्द्रकुमार महतो गरेका थिए भने प्रमुख अतिथी क्षिरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पंजियार रहेका थिए । कार्यक्रममा विभिन्न साना किसान कृषि सहकारी संस्थका प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…