चोरी भएको ६ घण्टाभित्रै प्रहरीले खोजेर दिए मोटरसाईकल
मोटरसाईकल सहित सदामलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

२०७७ चैत २७ शुक्रबार, बिहान ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित चोरी भएको केही घण्टाभित्रै प्रहरीले मोटरसाईकल खोजेर दिएको हो ।
गत बुधबार दिउँसो करिब १ बजेको समयमा सर्लाहीको मलँगवा नगरपालिका वडा नम्बर १० स्थित रहेको रामबाबु राउतको घर अगाडीबाट ना १ प २१४८ नम्बरको एफजेडएस मोडेलको मोटरसाईकल चोरी भएको थियो ।
सो खवर पाएलगत्तै सक्रिय भएको सर्लाही प्रहरीले तत्कालै प्रहरी टोली परिचालन गरी खोजतलास गर्ने क्रममा सोही दिन साँझ करिब ६ बजेतिर जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ स्थितबाट उक्त मोटरसाईकल सहित सर्लाही मलंगवा नगरपालिका वडा नं. ९ मा बस्ने मो. संदाम हुसेनलाई पक्राउ गरिएको छ ।
मोटरसाईकल सहित सदामलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…