जनकनन्दनी गाँपा तेस्रो अध्यक्ष गोल्डकप फुटबलको उपाधी उपर विराटनगरको कब्जा

फुटबल खेलको लागि देशमै नाम कमाएको खजुरीका खेलाडीहरुले टुर्नामेन्टको क्रममा कमजोर प्रदर्शन गरेको टिकाटिप्पणी पनि गरिएको छ । 

२०७७ चैत २५ बुधबार
बेलुकी ७:४३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा भएको तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उपाधी विराटनगरले कब्जा गरेकोछ । 

तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उपाधीका लागि बुधवार भएको फाइनल खेलमा महोत्तरीको बेलखांडी र मोरंगको विराटनगर स्पोर्टस क्लवबीच कडा प्रतिस्पर्धाबीच विराटनगरले जीत हाँसिल गर्न सफल भएका हुन् । 

खेलमा निर्धारित समय भित्र कुनै टिमले गोल गर्न नसकेको र बराबरीमा खेल सम्पन्न भएपसिछ पेलान्टी शुटमा विराटनगर १ गोलले जित हात पार्दै उपाधी जितेको छ । यता महोत्तरीको बेलखांडीले दोसर स्थानमा चित बुझाएको छ । 

जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित पर्साहा फुटबल मैदानमा भएको फाइनल खेल हेर्नको लागि हजारौ खेलप्रेमी र दर्शकहरुको उपस्थित रहेको थियो ।

सो  टुर्नामेन्टमा प्रथम भएको विराटनगरलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख (१,००,०००) रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने दोस्रो भएको महोत्तरीका बेखांडीलाई  प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिएको सह आयोजक महावीर स्पोर्टस क्लव खजुरीका सचिव सुनिल कुमार पासवानले जानकारी दिएका छन् ।

सो टुर्नामेन्छ जनकनन्दनी गाउँपालिकाले आयोजना गरेको थियो । खेल गत चैत्त १९ गतेदेखि सुरु भएको थियो । 

यता, फुटबल खेलको लागि देशमै नाम कमाएको खजुरीका खेलाडीहरुले टुर्नामेन्टको क्रममा कमजोर प्रदर्शन गरेको टिकाटिप्पणी पनि गरिएको छ । 

  • 50%
  • 17%
  • 0%
  • 0%
  • 17%
  • 0%

अमेरिकामा मधेशी समुदायको पारम्पारिक होली

  • २०७७ चैत २५ बुधबार

न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका मधेशी समुदायले पारम्पारिक होली पर्व मनाएका छन् ।  विदेशिएपछि आफ्नो ठाउँको परम्परालाई निरन्तरता दिँदै परम्पारिक रुपमा होली पर्व मनाएको हो । अमेरिकास्थित

पूरा पढ्नुहोस्

Bureau Menus

} }