तेस्रो अध्यक्ष गोल्ड कपको भोली फाइनल खेल, बेलखांडी महोत्तरी र विराटनगर भिड्ने
यस्तै सोमबार भएको पहिलो सेमिफाइनल खेलमा युनाइट फुटबल क्लव विरगंजलाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै महोत्तरीको बेलखांडीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

२०७७ चैत २४ मंगलबार, बेलुकी ७:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा जारी तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट अन्तर्गत बुधबार अन्तिम फाइनल खेल हुने भएको छ ।
तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्टको उपाधीका लागि फाइनल खेलमा महोत्तरीको बेलखांडी र मोरंगको विराटनगर स्पोर्टस क्लवबीच प्रतिस्र्धा हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा हेटौडा स्पोर्टस क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै विराटनगर स्पोर्टस क्लव मोरंग फाइनलमा प्रवेश गरेको छ ।
यस्तै सोमबार भएको पहिलो सेमिफाइनल खेलमा युनाइट फुटबल क्लव विरगंजलाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै महोत्तरीको बेलखांडीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित पर्साहा फुटबल मैदानमा फाइनल खेल हुनेछ ।
सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…