प्रदेश २ः रुखमा झुण्डिएको अवस्थामा युवकको लास !
नाम थर, वतन खुल्न नआएको अन्दाजी २० र२२ वर्षको जस्तो देखिने सो युवकको शरिर कुहिएको जस्तो देखिएको छ ।

२०७७ चैत २४ मंगलबार, दिउँसो ३:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित रुखमा झुण्डिरहेको अवस्थामा एक युवकको लास (शव) फेला परेको छ ।
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ बस्तिपुरस्थित रहेको बेलहा समुदायिक वनमा झुण्डिएको अवस्थामा युवक मृत भेटिएको हो ।
बस्तीपुरदेखि करिब ४ किलोमिटर उत्तर दिसातर्फ एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । मँगलबार स्थानीयहरु दाउरा काटन सो समुदायिक वनमा गएपछि युवकको शव देखेको बताइएको छ ।
नाम थर, वतन खुल्न नआएको अन्दाजी २० र२२ वर्षको जस्तो देखिने सो युवकको शरिर कुहिएको जस्तो देखिएको छ । लासको प्रकृति अनुसार मरेको एक साता जति भएको हो ।
रुखमा झुण्डिएको अवस्थामा देखेपछि वन पसेका स्थानीयहले गाउँमा खबर गरेको थियो । त्यसपछि गाउँलेहरुले प्रहरीलाई खवर गरेपछि अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ ।
खबर पाएलगतै घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलि पुगेको र अनुशन्धान तिब्र रुपमा भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…