चैत्त २९ गते सार्वजनिक विदा
तर, यसपाली कोरोनाको दोस्रो वेभलाई उदृत गर्दै जात्रामा सहभागीता कम हुने जनाइएको छ ।

२०७७ चैत २४ मंगलबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको राजपत्रमा २०७७ सालको विदा सूचि अनुसार आउँदो चैत २९ गतेका दिन सार्वजनिक बिदा दिएको छ ।
घोडेजात्राको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । यद्यपि, उक्त दिन (चैत २९ गते) काठमाडौं उपत्याकामा मात्रै बिदा हुने जनाइएको छ ।
नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमै उल्लेख गरि उक्त दिन काठमाडौं उपत्यकामा जात्रा बिदा दिने जनाएको छ ।
घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि छिटो सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।
चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडौको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीचमा नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् ।
तर, यसपाली कोरोनाको दोस्रो वेभलाई उदृत गर्दै जात्रामा सहभागीता कम हुने जनाइएको छ ।
घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भि त्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछि घो डा जात्रा थ पेर घोडा जात्रा भन थालेको हो ,यस नख पर्बको नाम पाहाँ चल्हे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…