८० करोड ठगी गरेको अभियोगमा सहकारी संस्थाका अध्यक्ष पक्राउ
दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि ८० करोड रकम ठगी गरेको आरोप छ ।

२०७७ चैत २३ सोमबार, बिहान १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । ठगी गरेको अभियोगमा ललितपुर कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षलाई पक्राउ गरिएको छ ।
ललितपुर गोदावरी नगरपालिका वडा नम्बर १४ ठैब बस्ने ४१ वर्षीय दिवाकर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
दिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि ८० करोड रकम ठगी गरेको आरोप छ ।
संस्थामा रकम जम्मा गर्न लगाई करिब ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको भनी निक्षेपकर्ताहरूले चैत ५ गते महानगरीय प्रहरी परिसर ललितपुरमा दिएको किटानी जाहेरीका आधारमा खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका वडा नम्बर १० बाट उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…