मियाँको परिवारिक झगडा हुँदा फाटा प्रहार, टाउकोमा २४ वटा टाँका
सोमबार उनलाई सिटि स्क्यानको लागि बिराटनगर पठाइने भुमिजा अस्पतालका डा. आनन्द कुमार साहले जानकारी दिए।

२०७७ चैत २२ आइतबार, बेलुकी ७:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार स्थित एक परिवारिक झगडाको क्रममा बाँसको फाटा प्रहार गर्दा एकजनाको टाउकोमा २४ वटा टाँका लगाइएको छ ।
शनिबार अपरान्ह करिब ५ बजेको समयमा गोलबजार नगरपालिका वडा नम्बर १३ बस्ने मो. इदरिसकी बुहारी बर्ष २२ की समुना खातुन र उनकी आफ्नै सासूसँग घरायसी झगडा हुँदा आफन्तजनले कुटपिट गरी ससुरा पक्षलाई गम्भिर घाईते बनाएको हो ।
समुनासँग झगडा हुँदा ससुरा पक्षमा ननियाँ सुसुरा र ममिया ससुराले समुनालाई कुटपिट गरेपछि समुनाको माईती पक्षबाट आएको दुई जनाले ससुरा पक्षका मो. ममताज मियाँलाई टाउकोमा बाँसको फाटा प्रहार गरेको जनाइएको छ ।
सो क्रममा मो. किस्मत मियाँ र मो. नसिर मियाँले समुनालाई बचाउन उनको ससुरा पक्ष उपर बाँसको फाटा प्रहार गरेको आरोप लगाइएको छ ।
ससुरा पक्षको सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने ममताज मियाँको टाउकोमा २४ वटा टाँका लगाइएको हो । उनको अहिले गोलबजार स्थित रहेको भूमिजा हस्पिटलमा उपचार भइरहेको छ ।
सोमबार उनलाई सिटि स्क्यानको लागि बिराटनगर पठाइने भुमिजा अस्पतालका डा. आनन्द कुमार साहले जानकारी दिए।
बाँसको भाटा प्रहार गर्ने मो. नसिर प्रहरीको नियन्त्रणमा रहेको छ भने मो. किस्मत अहिले पनि बाहिर रहेको पीडितको आरोप छ । झगडामा मो. जाहिर मिया, मो. रजबुल मिया , मो. अक्तर , मो. किसमत , मो. जनिक , मो. नसिर सँलग्न रहेको बताइएको छ । उनीहरु पिपरावासी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…