त्रिभुवन इन्टरनेश्नल एयरपोर्टको सबै उडान बन्द !
विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

२०७७ चैत १३ शुक्रबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (एयरपोर्ट) को आजको सबै उडान बन्द गरिएको छ ।
काठमाडौंमा प्रदुषण बढेपछि शुक्रबारको सबै उडान बन्द गरिएको जनाइएको छ । हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्नबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ ।
भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ ।
वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।
शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थल स्रोतले जनाएको छ । जसमा सबैभन्दा धेरै भरतपुरको उडानहरु प्रभावित भएको विमास्थल स्रोतले जनाएको छ ।
नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् ।
विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।
विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ ।
समाचारमा अपडेट
मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले रातोपाटीलाई जानकारी दियो । वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…