झा दम्पति बेपत्ता प्रकरणमा छिमेकी सहित चार जना पक्राउ !
सोही कारण पटक पटक उनले रामबाबु यादवमार्फत मुसाफिर झा र उनकी श्रीमती गीता देवीलाई जग्गा बेच्न दबाब दिँदै आएका थिए।

२०७७ चैत ८ आइतबार, बेलुकी ६:४७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को महोत्तरी जिल्ला स्थित सहोडबास्थितबाट घरबाटै बेपत्ता भएका झा दम्पति प्रकरणमा महोत्तरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडबा बस्ने बर्ष ६६ का मुसाफिर झा र उनकी श्रीमति बर्ष ६० की गीता देवी झा घरबाटै बेपत्ता भएको प्रकरणमा उनको एक छिमेकी सहित १ भारतीय नागरिक गरी ४ जनालाई आईतबार सार्वजनिक गरेको हो ।
पीपरा गाउँपालिका ५ सहोडबाका वर्ष ५२ का रामबाबु यादव, वर्ष २६ का सुरेन्द्र यादव, वर्ष २४ का राजेन्द्र यादव र विहार मधुवनी घर भई वडा नम्बर ६ बनौली बस्ने हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको हो।
गएको फागुन १० गते राति पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमा सुतेको ठाउँबाट ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी ओछ्यानसहित बेपत्ता भएका थिए।
बेपत्ता परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
शंकाको आधारमा पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुसँग झा दम्पतीको जग्गाको बाटोसम्बन्धी विवाद रहेको, पोलिग्राफी टेस्टमा झुटो बोलेको लगायतको प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…