छापामारीको डरले जनकपुरको पसलहरु बन्द !
प्रदेश नम्बर २ को महोत्तरीको विभिन्न बजार क्षेत्रमा बजार अनुगमन टोलीले अनुगमन तीव्र पारेपछि डराएका व्यापारीहरुले जनकपुरको समेत पसलहरु बन्द गरेका छन् ।

२०७७ चैत ५ बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बजार अनुगमन टोलीले जनकपुरमा सँचालित पसलहरुमा चेकजाँच कडाईका साथ गर्ने भनिएपछि जनकपुरको पसलहरु बन्द भएको छ ।
पसलमा टोलीले छापामारी गर्ने हल्लापछि पसलेहरुले पसलहरु बन्द गरी घर बसेका छन् । विहिबार जनकपुरभरिको अधिकाँश भन्दा बढी पसलहरु बन्द भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।
विहिबार जनकपुरको प्रायः सबै चोकको कपडा पसल, किराना पसल, होटल, जुत्ता पसल, कस्मेटिक पसल, मोबाईल पसल लगायतका पसलहरु बन्द रहेको देखियो ।
प्रदेश नम्बर २ को महोत्तरीको विभिन्न बजार क्षेत्रमा बजार अनुगमन टोलीले अनुगमन तीव्र पारेपछि डराएका व्यापारीहरुले जनकपुरको समेत पसलहरु बन्द गरेका छन् ।
सो सन्दर्भमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहले व्यापारीहरुले हल्लाकै भरमा स्वयं आ–आफ्नो पसल बन्द गरेको बताए ।
जनकपुरका व्यापारीहरुलाई निर्वाध रुपमा पसलहरु सँचालन गर्न आग्रह गर्दै उनले हल्लाको पछि नलाग्न पनि आग्रह गरे । जनकपुरका व्यापारीहरुले चेकजाँचको डरले पसल बन्द गरेपछि कतिको ठगी गरेको हुन सक्ने अनुमान गरिएको छ ।
राजस्व छली गरिएको हुन सक्ने वा गैर कानुनी रुपमा समेत पसल सँचालन गरेको हुन सक्ने डरले पसलहरु बन्द गरिएको टिकाटिप्पणी गरिएको छ । पसलमा ठोस बिल समेत नदिने गरेको जनकपुरका केही व्यापारीहरुले पसल बन्द गरेपछि आम उपभोक्ता प्रभावित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…