१९ बर्षिय 'अमिषा यादव' ५ दिनदेखि बेपत्ता, खोजिदिन परिवारजनको गुहार
उनलाई कसैले उठाएको, दुर्घटना भएको वा के भएको बारे अझै नखुलेकोले परिवारजनमा परेशानी छाएको उनकी आमाले बताइन् ।

२०७७ चैत ५ बिहीबार, बिहान ११:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कलेज पढन गएकी १९ बर्षिय अमिषा यादव विगत ५ दिनदेखि बेपत्ता रहेको परिवारजनले जनाएको छ ।
प्रदेश नम्बर १ को झापा जिल्लास्थित बिर्तामोडका स्थायी बासिन्दा श्रवण यादवकी १९ बर्षिय छोरी अमिषा यादव गत आईतबारदेखि हराइरहेको जनाइएको छ ।
काठमान्डौंको गोँगबु स्थित रहेको पासाँग ल्हामु शेर्षा मेमोरियल कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी अमिषा आईतबार कलेज गएकी र पुनः घर फिर्ता नआएको उनकी आमा गीता देवी यादवले जानकारी दिइन् ।
काठमान्डौंको गोँगबु स्थित विगत २० बर्षदेखि बस्दै आएको यादव परिवारले छोरी घर नआएपछि साँझदेखि नै खोजबिन तीव्र पारिएको थियो । मेनेजमेन्ट विषय लिएर कक्षा १२ पढने अमिषा आईतबार समयमै कलेज गएकी र पुनः घर फिर्ता नआएको परिवारजनले जनाएको छ ।
“अमिषाको बिहेको कुरा चल्दै थियो । ४ बर्षदेखि हाम्रै आफन्त पर्ने एउटा केटासँग उनको विवाह फिक्स गरेका थियौं । अमिषा धेरै खुसी पनि थिइन् । आईतबार कलेजबाट घर नै फर्किनन् । अनी हामी खोज्न सुरु गर्यौ ।”– आमा गीता देवी यादवले भनिन् ।

कोहीसँग प्रेम सम्बन्ध समेत नभएको दाबी गर्दै उनकी आमाले छोरी कसैसँग गएपनि कम्तीमा एक फोन कल गरी जानकारी गराइदिन आग्रह गरेकी छन् । कसैले पैसाको लोभमा छोरी उठाएको छ भने उनले पनि फोन गरी जानकारी गराउन आग्रह गरेकी हुन् ।
अमिषा घर नआएपछि भोलीपल्ट नै काठमान्डौं स्थित रहेको नयाँ बसपार्क प्रहरी र चक्रपथ प्रहरीमा जानकारी गराएको जानकारी दिएको हो । तुरुन्तै सक्रिय भएको प्रहरीले अमिषाको खोजबिन सुरु गरेको बताइएको छ ।
कलेजबाट उनको घर आउन बढीमा ५ देखि ७ मिनेटको मात्र बाटो रहेको भन्दै उनकी आमाले सिसिटिभी फुटेजमा कलेजबाट निस्केको र अर्को सिसिटिभी बिग्रिएको जनाउँदै तेस्रो सिसिटिभिमा उनको साथीहरु भएपनि अमिषा भने नदेखिएपछि शंका उपशँका जाहेर गरेको हो ।
अमिषाले गत शुक्रबार महाशिवरात्रीमा पशुपतिनाथ दर्शनको लागि बहिनीसँगै गएकी थिएन । सोही दिन करिब ५ मिनेटको अन्तरालमा अमिषाले फेसबुकमा ४ वटा पोष्ट गरेकी हुन् । १ बजेर १५ मिनेटदेखि लिएर १ बजेर २६ मिनेटसम्म भावुक भिडियोहरु पोष्ट गरेकी हुन् ।
परिवारजनले छोरीलाई कुनै अतोपत्तो नभएको भन्दै शंका जाहेर गरेको छ । उनलाई कसैले उठाएको, दुर्घटना भएको वा के भएको बारे अझै नखुलेकोले परिवारजनमा परेशानी छाएको उनकी आमाले बताइन् ।
समाजिक सँजाल मार्फत परिवारजनले छोरीलाई खोजिदिनको लागि आग्रह गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…