फेरी बढयो कोरोनाको चिन्ता, सिनेमा हलमा आधी दर्शक मात्र राख्न पाउने
विवाह, व्रतबन्ध लगायत कुनै पनि समारोहमा भीड जम्मा गर्न हुने गरी नियम लागू गरेको हो ।

२०७७ चैत ४ बुधबार, बिहान १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महाराष्ट्र । कोरोनाको लागि भ्याक्सीन आएपनि विस्तारै पुनः छिमेकी मुलुक भारतमा कोरोनाको चिन्ता बढदै गएको छ ।
भारतको महाराष्ट्रमा अहिले सबभन्दा बढी कोरोनाको केस बढीरहेको छ । बढदै गएको कोरोनाको हालातलाई मध्यनजर गर्दै सरकारले चिन्ता जनाएको छ । महाराष्ट्रको ६ वटा शहरमा लकडाउन र नाइट कर्फ्यू समेत लगाएको छ ।
राज्य सरकारले केही नयाँ गाईडलाईन जारी समेत गरेको छ । कोरोनालाई मध्यनजर गर्दै सरकारले सिनेमाहॉल, होटल्स, रेस्टोरेंट, मॉल्स र ऑफिसमा मात्र ५० प्रतिशत मान्छे राखेर कार्य गर्न भनिएको छ ।
महाराष्ट्र सरकारका मुख्य सचीव सीताराम कुँतेले नयाँ गाईडलाईन जारी गरेका छन् । नियम अनुसार बिना मास्कको सिनेमा हल, होटल, रेष्टुरेन्ट र कार्यालयमा प्रवेशको अनुमति हुनेछैन् ।
तापक्रम नाप्ने उपकरणको उपयोग सुनिश्चत गर्नुपर्ने छ । जसमा ज्वरोले पीडित भएको मान्छे भित्र पस्न नपाउने गरी नियम लागू गरिएको हो । पर्याप्त सैनिटाइजर समेत सो ठाउँहरुमा राख्न निर्देशन गरिएको हो ।
विवाह, व्रतबन्ध लगायत कुनै पनि समारोहमा भीड जम्मा गर्न हुने गरी नियम लागू गरेको हो । नियम उलँघन गरे कारवाहीको भागी हुनुपर्ने निर्देशनमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…