तर, बिहान ३ बजे नै सबै सुतिरहेको अवस्थामा राजदेवले मान्छेहरू ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नलाई पक्राउ नगरिएसम्म आन्दोलन यथावत् रहने प्रदर्शनकारीहरूले बताएका छन् ।
यता, कारागारबाट शुक्रवार धरौटीमा रिहा भएपछि धनकौल गाउपालिका वडा नम्वर ५ हरकठवाका अध्यक्ष उदय भन्ने गजेन्द्र महतोले आफू विरुद्ध गम्भीर राजनीतिक षड्यन्त्र गरेर फसाईको पहिलो प्रतिक्रिया दिए ।
चोरले बिधालयको भान्सा घरमा आगो समेत तापेका छन । भान्सा कोठाको ताल्चा फोडेर चोर भित्री छिरेको प्रधानाध्यापक अजय कुमार यादवले जनाए । उनका अनुसार, चोरले करिब ४० हजार बराबरको सामग्री चोरी गरेको हो ।
उनका अनुसार, पहिचान नखुलेको ६/७ महिनाको छोरी मान्छे मृत अवस्थामा रहेको खबर सोहि वडाका वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जानकारी गराएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेश महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर १० मरुवाही निवासी पुलकित मिश्र को ६० वर्षको छोरा जय कुमार मिश्र खाना र कपडा बिना बेसहारा बनेका छन्। माघ ८ गते सोमबार (२२ जनवरी) को जय श्री राम, जय सियाराम को नारा लगाउँदै बाटोमा हिँड्दै गर्दा उनले दुःखद कहानी बताएक
आगलागी हुनुको कारण अहिलेसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
वैदिक सनातन हिन्दु धर्मको लागि ऐतिहासिक दिन सम्झेर भारतको अध्योध्यामा भगवान राम मन्दिरको प्राणप्रतिष्ठा भएको खुसियालीमा स्थानीय हिन्दु युवाहरुले रातभरि मौलिक भजनकिर्तन गरी उत्साह मनाएको हो ।
शहिदनगर नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, नेपाली काँग्रेसका नेता, एमालेका नेता, माआवोदीका नेता कार्यकर्ताहरुले सौहार्दपूर्ण रैली निकालेको थियो । रैली यदुकूहा बजार क्षेत्रको विभिन्न गल्ली, धार्मिक स्थलको परिक्रमा गरेको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनले भगवान रामले बर्षौपछि आफ्नो घर फर्कीदा खुसीको सीमा नरहेको बताए ।
सार्वजनिक स्थल, हाट बजार, होटेलमा समेत भोली सोमबार एक दिन माछा, मासु, मदिराजन्य वस्तुहरु बेचबिखन नगर्न आग्रह गरेका हुन् । उनले घरघरमा दिपोत्सव गरी रामजन्मभूमिमा भगवान रामको गृह प्रवेश हुने भएकोले हिन्दु धर्मावलम्बीहरुको लागि उत्साहको दिन भएको भन्दै तेलबाती गर्न आग्रह गरेका हुन् ।
सोही क्रममा यादवमाथि भएको आक्रमणको खवर सुनेपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधि यादवलाई भेट गरेका छन् । उनले घटनाको बारेमा जानकारी लिँदै सुक्ष्म अनुसन्धान गरी सिसिटिभी फुटेजको आधारमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन प्रहरीलाई आग्रह गरेको बताईएको छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएकोले सो दिन सनातनीहरुको उत्साहलाई मध्यनजर गर्दै माघ ७ गतेदेखि ८ गतेसम्म माँसहारी वस्तु विक्री वितरण गर्न निषेध गरिएको हो । नगर प्रमुख सिँगासन सा तेलीले एक सूचना जारी गर्दै सो दिन सार्वजनिक स्थलहरु, बजार, पसलमा समेत यस्ता प्रकार वस्तुहरु विक्री वितरण नगर्न अनुरोध गरेको हो ।