प्रमुख समाचारजनता नै देशको मालिक हो, जनताले जे भन्यो त्यही हुन्छ, अदालतबाट न्याय पाउँछुः देउवा
देउवाले नेपाली जनता र न्यायपालिकाप्रति आफूलाई पूर्ण विश्वास रहेको पनि बताए । सर्वोच्च अदालतले पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिँदै आएको उल्लेख गर्दै उनले अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए । ‘सर्वोच्च अदालत पञ्चायतकालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो । यो अदालतप्रति मलाई पूरा विश्वास छ,’ उनले भने । आफू आगामी दिनमा पनि राजनीतिक संघर्षमा निरन्तर लागिरहने देउवाले बताए ।
१ महिना अगाडि · प्रमुख समाचार












