नेकपाका केन्द्रीय सदस्य श्याम यादव, सकला यादवसहित सय बढी नेता–कार्यकर्ता रास्वपामा
त्यस्तै, रास्वपाका पूर्वप्रवक्तासमेत रहेका सांसद मनिष झाले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूको क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता जनाए ।

२०८३ मंसिर ३ बिहीबार, बेलुकी ५:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य श्याम यादवसहित तीन सयभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
धनुषाको हंसपुर नगरपालिका–स्थित सोनिगामामा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवको नेतृत्वमा उनीहरूले नेकपा परित्याग गर्दै रास्वपाको सदस्यता लिएका हुन् ।
रास्वपामा प्रवेश गर्नेमा नेकपाका मधेश प्रदेश समिति सदस्यहरू सुनिलकुमार यादव, सत्यनारायण यादव र दिलीपकुमार यादवसहित विभिन्न पालिकामा सक्रिय नेता तथा कार्यकर्ता छन् ।
त्यस्तै, जनकनन्दनी गाउँपालिका र शहीदनगर नगरपालिकाका विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरू पनि रास्वपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादव र क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले दोसल्ला ओढाएर तथा अबिर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा सांसद रामविनोद यादवले आगामी स्थानीय तह निर्वाचनमा पनि रास्वपाले पुराना राजनीतिक दलहरूलाई पराजित गर्ने दाबी गरे । पुराना दलका नेताहरूको राजनीति जनतालाई आश्वासन दिने, तर्साउने र डर देखाउनेमै सीमित रहेको टिप्पणी गर्दै उनले अब जनताले निर्भीक भएर आफ्नो राजनीतिक निर्णय लिनुपर्ने बताए ।
त्यस्तै, रास्वपाका पूर्वप्रवक्तासमेत रहेका सांसद मनिष झाले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूको क्षमता र योगदानका आधारमा उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…