बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक साह १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

२०८३ भदौ ३० मंगलबार, राति ८:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बर्दीबासस्थित नापी कार्यालयका एक नापी सर्भेक्षक सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नापी सर्भेक्षक शिवकुमार साह रहेका छन् । उनलाई मंगलबार अपराह्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
जग्गा ट्रायलका लागि निवेदन दिएका एक सेवाग्राहीसँग काम गरिदिने भन्दै लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचना पाएपछि अख्तियारको टोलीले साहमाथि निगरानी बढाएको थियो ।
सोही क्रममा मंगलबार करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दीबासका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
घुस रकमसहित रंगेहात पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…