भारत, सहारनपुर । भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा सरकारी जग्गामा अवैध रूपमा निर्माण गरिएको भनिएको मस्जिद प्रशासनले बुलडोजर लगाएर भत्काएको छ । मस्जिद भत्काइएपछि उत्पन्न विवादका बीच युट्युबर तथा बिबिसीका पूर्व पत्रकार हुदा जरीवालालाई प्रहरीले पक्राउ गरेको छ ।
सहारनपुरको जिल्ला कलेक्ट्रेट परिसरभित्र रहेको उक्त मस्जिदलाई सिटी मजिस्ट्रेटको अदालतले सरकारी जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको ठहर गर्दै हटाउने आदेश दिएको थियो । मस्जिद व्यवस्थापन समितिले उक्त आदेशविरुद्ध गरेको अपिलसमेत सेप्टेम्बर २ मा खारेज भएपछि प्रशासनले सेप्टेम्बर ५ को बिहान कडा सुरक्षा व्यवस्थाबीच संरचना भत्काएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रशासनका अनुसार मस्जिद करिब ३१५ वर्गमिटर सरकारी जमिनमा रहेको थियो । सिटी मजिस्ट्रेटको आदेशमा उक्त जग्गाबाट निष्कासनसँगै करिब ६ करोड ४१ लाख भारतीय रुपैयाँ जरिवाना तोकिएको रिपोर्टमा उल्लेख छ । प्रशासनले अदालतको आदेश र कानुनी प्रक्रिया पूरा गरेर मात्रै ध्वस्तीकरण गरिएको दाबी गरेको छ ।
मस्जिद भत्काउने क्रममा कलेक्ट्रेट परिसरमा ठूलो संख्यामा प्रहरी तथा सुरक्षा बल परिचालन गरिएको थियो । समाजवादी पार्टीकी कैराना सांसद इकरा हसनले आफूलाई घरमै नजरबन्द गरिएको दाबी गरेकी छन् । घटनापछि विपक्षी दलहरूले प्रशासनको कदमको विरोध गर्दै राजनीतिक तथा धार्मिक अधिकारसँग जोडिएका प्रश्न उठाएका छन् ।
यसैबीच मस्जिद ध्वस्तीकरणको विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी हुदा जरीवालालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि शान्ति भंग हुने अवस्था सिर्जना गरेको आरोपमा मुद्दा चलाइएको छ भने मस्जिद ध्वस्तीकरणबारे सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा छुट्टै प्राथमिकीसमेत दर्ता गरिएको छ । प्रहरीले उनलाई अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा पठाइएको जनाएको छ ।
पछिल्लो घटनाक्रममा मस्जिद रहेको स्थानमा पुरानो इनारसमेत फेला परेको छ । भग्नावशेष हटाउने क्रममा ढुंगाको स्ल्याबमुनि करिब २० फिट गहिरो र १.५ मिटर चौडा इनार भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसको ऐतिहासिकता अध्ययन गर्न भारतीय पुरातत्व सर्वेक्षणका विज्ञको सहयोग लिने विषयमा प्रशासनले विचार गरिरहेको छ ।
मस्जिद व्यवस्थापन पक्षले भने ध्वस्तीकरणअघि आवश्यक कानुनी प्रक्रिया पूरा नगरिएको दाबी गर्दै आएको छ र घटनाविरुद्ध उच्च अदालत जाने तयारी गरेको बताइएको छ । यससँगै सहारनपुरको मस्जिद विवाद अब कानुनीसँगै राजनीतिक र सामाजिक रूपमा समेत थप चर्किएको छ ।
भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला
- २०८३ भदौ २४ बुधबार
- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है। जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन
पूरा पढ्नुहोस्




