सिरहाको माडर हटियामा माछाको तौलमै ‘खेल’ भएको आरोप, १ किलोको मूल्यमा ८ सय ग्राम मात्रै

२०८३ भदौ २३ मंगलबार
बिहान १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

सिरहा । सिरहाको सिरहा नगरपालिका–१७, माडरस्थित हटियामा माछा बिक्रीका क्रममा उपभोक्तालाई तौलमा ठगी गरिएको आरोप लागेको छ ।

स्थानीय उपभोक्ताका अनुसार हरेक सोमबार र शुक्रबार लाग्ने हटियामा १ किलो माछाको मूल्य तिरे पनि घरमा पुनः तौल गर्दा करिब ८ सय ग्राम मात्रै हुने गरेको गुनासो छ । व्यापारीले तौल गर्दा उपभोक्ताले मेसिन वा तराजुमा देखिएको तौल स्पष्ट रूपमा हेर्न नपाउने गरेको समेत आरोप छ ।

यदि आरोप पुष्टि भएमा प्रत्येक किलोमा करिब २ सय ग्राम अर्थात् २० प्रतिशतसम्म कम माछा दिने गरेको देखिन्छ । उपभोक्ताहरूले व्यापारीले प्रयोग गर्ने तराजु तथा डिजिटल तौल मेसिन तत्काल परीक्षण गरी नियमित बजार अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

सिरहा नगरपालिका, जिल्ला प्रशासन तथा नापतौल र उपभोक्ता संरक्षणसम्बन्धी निकायले निष्पक्ष अनुगमन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ । आरोप पुष्टि भए दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।

उपभोक्ताको प्रश्न छ—१ किलोको मूल्य लिएर ८ सय ग्राम मात्रै माछा दिएको हो भने बाँकी २ सय ग्रामको हिसाब कसले दिने ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चारै शहिदलाई पूर्व न्यायधिश डा.सल्लाहुदिन सिद्धिकीले भने उपद्रवी, शहिद घोषणाले शहिदको अपमान भएको दाबी

  • २०८३ भदौ २३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च अदालतका पूर्व न्यायधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले सरकार शहिद घोषणा गरेका चारै जनालाई उपद्रवीको सँज्ञा दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेजमा हिन्दु मुस्लिम विवादको

पूरा पढ्नुहोस्

Bureau Menus