काठमाडौंमा शंकास्पद गतिविधिमा संलग्न १० बंगलादेशी नागरिक पक्राउ

२०८३ भदौ २३ मंगलबार
बिहान ०८:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका होटल तथा गेस्टहाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा अनुसन्धान टोली परिचालन गरिएको थियो । सो क्रममा टोलीले विभिन्न होटलमा बसेका १० जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई ठमेल क्षेत्रका होटल तथा गेस्टहाउसबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाइएको छ ।

पक्राउ पर्नेमा बंगलादेशको गाजिपुरकी २६ वर्षीया Fahima Akter Hasan, मुन्सिगञ्जका ४८ वर्षीय Mahamud, ढाकाका ४५ वर्षीय Mahabub Hasan, मुन्सिगञ्जका ४५ वर्षीय Repon Mehmud, मुन्सिगञ्जका ३० वर्षीय MD Keramot Alikhan, राजबारीका ३० वर्षीय Sahidur Rahman, ढाकाका ४० वर्षीय MD Khalilur Rahman, कुमिल्लाका २८ वर्षीय Arifur Rahman, ढाकाका ४२ वर्षीय MD Maruf Mridha र नारायणगञ्जका ४६ वर्षीय Mohammad Hanif Miah रहेका छन् ।

प्रहरीले उनीहरू काठमाडौं महानगरपालिका–२६, ठमेलमा बस्दै आएको जनाएको छ । उनीहरू कुन प्रयोजनका लागि नेपाल आएको र शंकास्पद गतिविधिको प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका सबै बंगलादेशी नागरिक रहेको उल्लेख छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

ललितपुर जिल्ला अदालतबाट जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पाए सफाइ

  • २०८३ भदौ २३ मंगलबार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको जाहेरीमा चलेको ठगीसम्बन्धी मुद्दामा जनमत पार्टीका पूर्वराष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश

पूरा पढ्नुहोस्

Bureau Menus